बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अग्नीसाईर कृष्णसवरण गाउँपालिकामा बालअधिकार सम्बन्धी तालिम सप्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १५, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अग्नीसाईर कृष्णसवरण गाउँपालिकामा  बालअधिकार सम्बन्धी तालिम सप्पन्न
Rampam
3D Education Lahan

सप्तरी - सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका - ३ को आर्थिक सहयोग र जन चेतना दलित संगमको आयोजनामा दलित तथा हरवा चरवा बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागी बाल अधिकार सम्बन्धी तालिम संचालन भएको छ ।

दलित तथा हरवा चरवा बालबालिकाहरुलाई बाल अधिकार बारे जानकारी गराउन , बाल अधिकार उलंघनका घटना हुननदिन र रोकथामका लागी सचेतना फैलाउने , बाल अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन कानुन एवं सुरक्षण निति बारे छलफल गर्ने उदेश्यले तालिमको आयोजना गरीएको जन चेतना दलित संगमका सहजकर्ता देब नारायण सदाले बताउनु भयो ।  

तालिममा सामुहिक छलफलको क्रममा एक सहभागीले हाम्रो तराईका दलित समाज भित्र जातीय विभेद , लैगिंक विभेद लगायत घटनाहरु बाट पिडीत हुदैआएका छौ । समाजका केही घरपरिवारमा अझै छोराछोरीमा विभेद रहेका देखीन्छ । छोरालाई बोडीगं स्कुलमा पढाउने छोरीलाई सरकारी स्कुलमा पढाउने गरेको हुन्छन । छोराले जती रकम मागे अभिभावकहरुले तुरन्तै दिने गरेको हुन्छन , तर छोरीहरुले अभिभावकहरु संग कापी किन्न वा अन्य सामानहरु किन्न रकम माग्दा दिन मान्दैन दिए पनि समयमा नदिने गरेको लगायत विभिन्न प्रकारको विभेद हुने गरेको बताएका छन । यो तालिमको माध्यमले नयाँ कुराहरु सिकने छौ । गाउँमा कुनै प्रकारको बालअधिकार हिंसाका घटना बारे थाहापाए यसको लागी कानुनी उपचारमा जाने बताएका छन । 

तालिम अग्नीसाईर कृष्णसवरण गाउँपालिका - ३ को चालु आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत  वडा स्तरिय योजना कार्यक्रम अन्तर्गत दलित बालबालिकाहरुलाई शिक्षा गुणस्तरिय बनाउनको लागि प्याकेज कार्यक्रम संचालन हुदै आएको छ । 

जस अन्तर्गत दलित बालबालिकाहरु विधालयमा टिकाईराख्न  र गुणस्तरिय  शिक्षाका लागी २ वटा टयुशन केन्द्र संचालन हुदै  आएको छ । वडा भित्र रहेका १८ मुनीका बालबालिकाहरुको लागी यो बाल अधिकार तालिम जेठ १४ देखी १६ गते सम्म संचालन हुनेछ । बालक्लवका बालबालिकाहरुको लागी खेलकुद सामाग्री वितरण गर्ने लगायतका कृयाकलाप रहेको सो कार्यक्रमका लागी रु. १ लाख रकमको सम्झौता भएको जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले बताउनु भएको छ ।  

वडा अध्यक्ष श्री गोपाल प्रसाद चौधरीको अध्यक्षतामा संचालन भएको थियो । दलित मुसहर जातीका ३२ जना बालबालिका गरी कुल ३६ जनाको सहभागीता रहेको थियो । तालिमको सहजीकरण पत्रकार मणीलाल विश्वकर्मा र जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले संयुक्त रुपमा सजहीकरण गरेको थियो । बालबालिकाहरुको सुरक्षण निति सम्बन्धी कार्यक्रम संयोजक स्मृति निरौलाले सहजीकरण गर्नुभएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]