सप्तरी - सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका - ३ को आर्थिक सहयोग र जन चेतना दलित संगमको आयोजनामा दलित तथा हरवा चरवा बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागी बाल अधिकार सम्बन्धी तालिम संचालन भएको छ ।
दलित तथा हरवा चरवा बालबालिकाहरुलाई बाल अधिकार बारे जानकारी गराउन , बाल अधिकार उलंघनका घटना हुननदिन र रोकथामका लागी सचेतना फैलाउने , बाल अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन कानुन एवं सुरक्षण निति बारे छलफल गर्ने उदेश्यले तालिमको आयोजना गरीएको जन चेतना दलित संगमका सहजकर्ता देब नारायण सदाले बताउनु भयो ।
तालिममा सामुहिक छलफलको क्रममा एक सहभागीले हाम्रो तराईका दलित समाज भित्र जातीय विभेद , लैगिंक विभेद लगायत घटनाहरु बाट पिडीत हुदैआएका छौ । समाजका केही घरपरिवारमा अझै छोराछोरीमा विभेद रहेका देखीन्छ । छोरालाई बोडीगं स्कुलमा पढाउने छोरीलाई सरकारी स्कुलमा पढाउने गरेको हुन्छन । छोराले जती रकम मागे अभिभावकहरुले तुरन्तै दिने गरेको हुन्छन , तर छोरीहरुले अभिभावकहरु संग कापी किन्न वा अन्य सामानहरु किन्न रकम माग्दा दिन मान्दैन दिए पनि समयमा नदिने गरेको लगायत विभिन्न प्रकारको विभेद हुने गरेको बताएका छन । यो तालिमको माध्यमले नयाँ कुराहरु सिकने छौ । गाउँमा कुनै प्रकारको बालअधिकार हिंसाका घटना बारे थाहापाए यसको लागी कानुनी उपचारमा जाने बताएका छन ।
तालिम अग्नीसाईर कृष्णसवरण गाउँपालिका - ३ को चालु आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वडा स्तरिय योजना कार्यक्रम अन्तर्गत दलित बालबालिकाहरुलाई शिक्षा गुणस्तरिय बनाउनको लागि प्याकेज कार्यक्रम संचालन हुदै आएको छ ।
जस अन्तर्गत दलित बालबालिकाहरु विधालयमा टिकाईराख्न र गुणस्तरिय शिक्षाका लागी २ वटा टयुशन केन्द्र संचालन हुदै आएको छ । वडा भित्र रहेका १८ मुनीका बालबालिकाहरुको लागी यो बाल अधिकार तालिम जेठ १४ देखी १६ गते सम्म संचालन हुनेछ । बालक्लवका बालबालिकाहरुको लागी खेलकुद सामाग्री वितरण गर्ने लगायतका कृयाकलाप रहेको सो कार्यक्रमका लागी रु. १ लाख रकमको सम्झौता भएको जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले बताउनु भएको छ ।
वडा अध्यक्ष श्री गोपाल प्रसाद चौधरीको अध्यक्षतामा संचालन भएको थियो । दलित मुसहर जातीका ३२ जना बालबालिका गरी कुल ३६ जनाको सहभागीता रहेको थियो । तालिमको सहजीकरण पत्रकार मणीलाल विश्वकर्मा र जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले संयुक्त रुपमा सजहीकरण गरेको थियो । बालबालिकाहरुको सुरक्षण निति सम्बन्धी कार्यक्रम संयोजक स्मृति निरौलाले सहजीकरण गर्नुभएको छ ।




















