लहान - सिरहा नगरपालिका नगरप्रमुख डा. नविन यादवद्वारा सिरहाका सञ्चारकर्मीहरुप्रति दिइएको धम्कीपूर्ण अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ सिराहाले आपत्ति जनाएका छन।

सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा विभिन्न फाईलहरुमाथी गरेको छानविनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्नु सञ्चारकर्मीको पेशागत दायित्व हो, जसलाई रोक्न खोज्नु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो।

मेयर यादवले समाचार लेख्ने सञ्चारमाध्यम र पत्रकारहरुलाई समेत चेतावनी दिँदै कार्यवाहीको धम्की दिनु लोकतान्त्रिक मूल्यमान्यताको अपमान भएको संघ सिराहाका अध्यक्ष मनोज बनैताद्वारा जरी विज्ञप्तीमा उल्लेख छ।नगर प्रमुख यादवको अभिव्यक्ती र व्यवहारले प्रेस स्वतन्त्रतामाथि दमन गर्ने दुस्साहसिक प्रयासको सत्रेत गर्दछ, जुन कुनै हालतमा महासंघले स्वीकार गर्दैन भनिएको छ।

महासंघले पत्रकारलाई धम्की दिएर सत्य र तटस्थ समाचार लेखनमा रोक लगाउन खोजिएमा त्यसको प्रतिवाद गरिनेछ। हामी सबै तहका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारलाई सुरक्षित वातावरण समाचार संकलन गर्नदिन आग्रह पनि गरेको छ।

साथै यस घटनाको निष्पक्ष छानविन गरी जिम्मेवार व्यक्तिलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्दै महासंघ सम्पूर्ण सञ्चारकर्मीहरूलाई सचेत र एकजुट रहन आह्वान गरेको अध्यक्ष यादवले बताए।

500000735_1127996072678845_3807240289329644914_n