Showing 751-760 of 1,203 items.
  • भियतनामबाट १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर उडानमा लुम्बिनी आउँदै

    काठमाडौँ । भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत लुम्बिनी भ्रमणमा आउने भएका छन् । वैशाख ५ गते उनीहरू भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । उनीहरू शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष पूजामा सहभागी हुनेछन् । वैशाख ६ गते लुम्बिनीबाट सडक मार्ग हुँदै भारतको वाराणसी जाने उनीहरूको कार्यतालिका छ । भियतनामका बौद्ध धर्मावलम्बीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अत्यन्तै पवित्र स्थलका रूपमा मान्दै आएका छन् । त्यसैले उनीहरुले प्रमुख धार्मिक गन्तव्यको रूपमा लुम्बिनीलाई मान्दै आएका छन

    पुरै पढ्नुहोस्
  • यी तीन प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

    काठमाडाै‌ं।हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित

    पुरै पढ्नुहोस्
  • आन्दोलनरत शिक्षक र सरकारबिच आज वार्ता हुने

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबिच साँझ पाँच बजे वार्ता हुने भएको छ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको हो।शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच छलफल हुने भएको छ ।महासङ्घका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली छलफलमा सहभागी हुने बताइएको छ।  

    पुरै पढ्नुहोस्
  • बोदे बर्साईनका नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा शर्मा हाजिर

    बोदे बरसाईन। सप्तरीको बोदे बर्साईन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा उप सचिव गजेन्द्रनाथ शर्मा हाजिर भएका छन्। जिल्ला समन्वय समिति उदयपुरबाट सरुवा भई आएका शर्मालाई बुधबार हाजिर भएका हुन्।प्रमुख प्रशासकीय अधिकृत शर्मालाई नगर उपप्रमुख रेणु कुमारी साह लगायतका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुले स्वागत गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत शर्माले नगरपालिकामा शुसान कायम गरि जिल्लाको नमुना नगरपालिका बनाउने बताउँदै जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत शर्माले गरेका छन्। ‘‘ नगरपालिकामा रहेका सर

    पुरै पढ्नुहोस्
  • लहानमा राजमार्ग केन्द्रित होटलहरूको अनुगमन

    सिरहा- इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रिवितरण गर्ने चारवटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, उपभोक्ता मञ्च नेपाल सिरहाका प्रतिनिधिसहितको संयुक्त टोलीले होटलहरूको अनुगमन सुरु गरेका हुन् ।&n

    पुरै पढ्नुहोस्
  • कोसी र मधेसमा भारी वर्षा, आज यस्तो छ सम्भावना

    काठमाडौं । देशभर अधिकांश स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। अहिले पनि (बिहीबार बिहान ७ बजे) कोसी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पानी परिरहेको मौसमविद् डेभिड ढकालले जानकारी दिए। बितेको १२ घण्टामा कोसी र मधेस प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षासमेत भएको अर्का मौसमविद् रोजन लामिछानेले जानकारी दिए। ‘केही स्थानमा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्

    पुरै पढ्नुहोस्
  • हरवा चरवाको आयआर्जनका लगि कृषि तथा बजारीकरण तालिम सुरु

     सप्तरी - हरवा चरवाको आयआर्जनका लगि कृषि तथा बजारीकरण तालिम सुरु भएको छ।सप्तरीको सुरुङ्गा नगरपालिका -  ४ कनकपुर, सप्तरी मिति चैत्र २७ र २८ गतेका दिन द फ्रिडम फण्डको सहयोग जन चेतना दलित संगमको आयोजनामा २ दिने तालिम शुरुवात भएको छ । हरवा चरवाहरुले गरीदै आएको परम्परागत कृषिखेती लाई आधुनिक तरीकाले कृषि तथा तरकारी उत्पादन बारे जानकारी गराउने, मौसमी बेमौसमी तरकारी बालीको उत्पादनको विधि प्रकृया, कृषि उत्पादनमा मल खाध तथा किटनाशक औषधीको प्रयोग गर्ने तरीका ,कृषि उत्पादीत बस्तुहरु वेचबिखन गर्न बजारीकरण सम्बन्धी क्षमता विकासगर्ने उदेश्यले तालिमक

    पुरै पढ्नुहोस्
  • धनुषामा रामनवमीको उपल्क्षयमा सत्यसंग ,भण्डारा सप्पन्न

    धनुषा - रामनवमीको उपल्क्षय २६ वर्षिय भण्डारा तथा साधु सत्यसङ्ग भजन किर्तन भव्य रुपमा सप्पन्न गरेको छ।धनुषाको सबैला नगरपालिका - ३ स्थित श्री सदगुरु कबिर स्थान जगह सबैला निजि आश्रम निवासको २६ वर्षिय रामनवमीको शुभ उपल्क्षयमा सगगुरु कविर आश्रम सबैला-३ को समान्वय सहयोगमा मिती गत आईवारको एक दिने साधु सत्यसंग ,भजन,भाण्डारा  गराउनु भएको थियो।उक्त कार्यक्रममा सहभागीअथितीहरुलाई भोजन गराई दान दक्षिणा सहित बिदाई गरेको थियो।नव वर्ष २०८२ साल को शुभ उपल्क्षयमा देश तथा विदेशमा बस्नु हुने सम्पुर्ण साधु, संत,महन्थ बद्धिजिवी,समाजसेवीहरुमा शुख ,शान्ती, समृद्ध

    पुरै पढ्नुहोस्
  • भाइरल जादुगर शिक्षक, जो आन्दोलनमा उत्साह भरिरहेका छन्

    काठमाडौं । शिक्षक आन्दोलनको भिड कहिले नयाँ बानेश्वरदेखि माइतिघर त कहिले माइतिघरदेखि नयाँ बानेश्वर ओहोरदोहोर गरिरहन्छ । त्यही भिडमा छन् शिक्षक देवेन्द्र प्रसाद साह कानु । जो भाइरल जादुगर शिक्षकको रुपमा परिचित छन् । आन्दोलनको भिडमा उनी केन्द्रमा रहेका छन् । शिक्षकहरुको झुण्डले उनलाई नै घेरेको देखिन्छ ।साह आन्दोलनमा सहभागी शिक्षकहरुलाई जादूमाार्फत एकीकृत गर्न व्यस्त देखिन्छन् । आन्दोलन सुरु भएको आज ८ दिन भैसकेको छ । जब उनी जादू देखाउँछन्, थकित शिक्षकहरुमा जोश स्वतः भरिएर आउँछ । जब कोही व्यक्ति उनलाई देख्छ जसले पनि सजिलै अन्दाज लगाउन सक्छ कि उनी क्

    पुरै पढ्नुहोस्
  • मधेश प्रदेशमा भण्डाफोर अभियान सुरु गर्ने रास्वपाको घोषणा

    जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सातादेखि मधेशमा भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ ।मधेशको मौजूदा व्यवस्थाका अस्वीकृत पक्षलाई उजागर गर्न र सरकारको कुशासन तथा भ्रष्टाचारका दुष्प्रभावलाई जनताको बीचमा ल्याउने उद्देश्यका साथ पार्टीले अभियान सुरु गर्न लागेको जनाएको छ ।जनकपुरधाममा पत्रकार सम्मलेनमार्फत रास्वपा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले पार्टीको उद्देश्य र आगामी योजनाबारे विस्तृत रूपमा जानकारी दिएका छन् । उनले भने, ‘हामी व्यवस्थाविरुद्धको भण्डाफोर अभियानलाई मधेश प्रदेशका प्रत्येक पालिकाबाट सुरु गर्नेछौं

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित