बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

६ वर्षदेखि , भ्रष्टाचार र बेवास्ताले स्थानिय प्यासै प्यास

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
६ वर्षदेखि , भ्रष्टाचार र बेवास्ताले स्थानिय प्यासै प्यास
Rampam
3D Education Lahan

विनोद मण्डल,

सिरहा - धनगढीमाई नगरपालिका–१२ स्थित सरे खोलाको किनारमा करिब ६ वर्षअघि सुरु गरिएको खानेपानी आयोजना आजसम्म पनि सञ्चालनमा आउन सकेको छैन । सिरहा जिल्लाको यो महत्त्वपूर्ण आयोजना चरम प्रशासनिक लापरवाही, योजनाको कमजोर कार्यान्वयन, र सम्भावित भ्रष्टाचारको कारणले अलपत्र परेको हो । स्थानीयवासीहरू अझैसम्म पनि स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित छन् । उक्त आयोजनाका लागि निर्माण गरिएको ठूलो ट्याङ्की अहिले प्रयोगमा आउनु त परै जाओस्, यसको संरचनामै चिरा परेको छ । सुरुवातमै घटिया निर्माण सामाग्री प्रयोग गरिएको आशंका स्थानियहरूले व्यक्त गर्दै आएका छन् । वडाकार्यालय परिसरमै वर्षौंदेखि कालो पाइपहरू झाडीले छोपिएका छन् भने ट्याङ्की परिसरमा न सोलारको उचित जडान छ, न त भवनको सुरक्षा । खर्च भएको रकमको पारदर्शिता नरहेको र रंग-रोगनले बाहिरी भाग झिलिमिली पार्न खोजिए पनि भित्रभित्रै ट्याङ्की चिराचिरा परेको दृश्य स्पष्ट देख्न सकिन्छ । अझ गम्भीर त के छ भने, अहिले उक्त ट्याङ्की वरिपरि लागू औषध प्रयोगकर्ताहरूको जमघट हुने थलोमा परिणत हुँदै गएको छ । यसले सामाजिक सुरक्षामै खतरा थपिएको छ । स्थानीय बासिन्दाहरूले पटक–पटक गुनासो गर्दा पनि खानेपानी डिभिजन कार्यालय, राजविराजले कुनै गम्भीर चासो नदिएको आरोप छ । अब पनि सम्बन्धित निकायले तत्काल हस्तक्षेप नगरे स्थिति अझै भयावह बन्न सक्ने देखिन्छ । यो आयोजनालाई पुनः प्राथमिकतामा राखी, छानबिन समिति गठन गरिनु आवश्यक छ । साथसाथै ट्याङ्कीको गुणस्तरीयता परीक्षण, खर्च विवरण सार्वजनिक र पाइपलाइन व्यवस्थापनमा सुधार गरिनु आजको अत्यावश्यक माग हो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]