जनकपुर । मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले मन्त्रिपरिषद्मा फेरबदल गर्ने तयारी गरेको छ। सरकारमा सहभागी भएको करिब एक वर्षपछि पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी थालेको हो।पार्टी सचिवालयका अनुसार हाल प्रदेश सरकारमा समावेश रहेका वन मन्त्री त्रिभुवन साह र उद्योग मन्त्री सकिल अलीलाई फिर्ता बोलाउने तयारी गरिएको छ। उनीहरूलाई फिर्ता बोलाएर मन्त्रालयमा नयाँ अनुहार पठाउने तयारी भइरहेको छ।पार्टी स्रोतका अनुसार अब ती मन्त्रालयमा वसन्त कुशवाहा र सञ्जय यादवको नाम लगभग टुङ्गो लागिसकेको छ। तर, कुन मन्त्रालय कसले पाउने
पुरै पढ्नुहोस्
धनुषा - श्रीमतीको हत्या आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका बनिनियाँका हरिराम यादवलाई पक्राउ गरेको छ ।उनी करिब तीन महिनादेखि फरार थिए । गत १७ फागुनमा उनकी श्रीमती २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।हरिराम र अञ्जलीकी १० महिनाकी छोरीको अवस्था पनि सोही दिनदेखि अज्ञात छ ।श्रीमतीसँग विवाद गरिरहने, कुटपिट गरिरहने हरिराम घटनापछि फरार रहेकाले उनैले हत्या गरेको आशंका गरिँदै आएको छ ।
पुरै पढ्नुहोस्
नयाँ दिल्ली । कमेडी किंग कपिल शर्माको ‘द कपिल शर्मा शो’का चर्चित फोटोग्राफर दास दादाको मृत्यु भएको छ । दास दादा प्रायः शोका एपिसोडका बीचमा देखिन्थे । कपिलले प्रायः उनीमाथि ठट्टा गर्थे । दास दादाको निधनको खबर कपिल शर्माको टोलीले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत दिएको हो ।‘आज मन धेरै भारी भएको छ । हामीले दास दादालाई गुमायौँ । यस्तो व्यक्ति जसले लेन्स पछाडि रहेको एक आत्मा, जसले द कपिल शर्मा शोको सुरुवातदेखि नै अनगिन्ती सुन्दर क्षणहरूलाई कैद गरे । उहाँ एक सहयोगी फोटोग्राफरभन्दा धेरै नै हुनुहुन्थ्यो । उनी हाम्रो परिवार थिए । सधैं मुस्कुराइरहन्थ
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ। गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यायलमा पठनपाठन गराउन सुरु गरेको हो।गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णाङ्कसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो। आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने उनल
पुरै पढ्नुहोस्
काठमाडौं : अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्या भएको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यसको पुष्टि गरेकी छन्।स्रोतले बीबीसीको भगिनी च्यानल सीबीएसलाई बताएअनुसार घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको छ। क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्केपछि दुवैलाई गोली हानी हत्या गरिएको हो।आक्रमण सुनियोजित तरिकाले गरिएको बीबीसीले उल्लेख गरेको छ। स्थानीय समय अनुसार राति ९ः०५ बजेतिर एफ स्ट्रिटमा गोलीबारी भएको थियो। यहाँ धेरै पर्यटकीय स्थल, संग्रहालय र सरकारी
पुरै पढ्नुहोस्
जनकपुरधाम। सिरहा जिल्लाको लहान नगरपालिका १२ र २२ स्थित शिलान्यास भइसकेको स्थलमै डा. भीमराव अम्बेडकर पार्क निर्माण गर्न चमार समुदायका अगुवा तथा संघसंस्थाहरूले माग गरेका छन् ।बुधबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्दै उनीहरूले औपचारिक रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापनपत्रमा लहान–१२ र २२ को सलहेस फूलबारी नजिक रहेको १० धुर सार्वजनिक जमिनमा अम्बेडकर पार्क निर्माण गर्ने पूर्वनिर्धारित योजनालाई कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरिएको छ । सो स्थानमा औपचारिक शिलान
पुरै पढ्नुहोस्
काठमाडौं - कतारले अमेरिकी एयरफोर्स वन फ्लिटका लागि विमान उपहार दिएको छ। अमेरिकाले पनि यसलाई स्वीकार गरेको छ। यद्यपि, यो उपहार स्वीकार गरेकामा आलोचना भइरहेको छ।विरोध गर्नेमा राष्ट्रपति डोनाल्ड ट्रम्पका केही ठूला समर्थक पनि छन्।पेन्टागनका प्रमुख प्रवक्ता सिन पार्नेलले बुधबार भनेका छन्, ‘रक्षा सचिवले सबै संघीय नियम र विननियमअनुसार कतारबाट बोइङ ७४७ स्वीकार गर्नुभएको छ।विमानमा केही परिमार्जन गरिनेछ। यसपछि यसलाई आधिकारिक रूपमा एयरफोर्स वन-द प्रेसिडेन्टको हवाई यातायातका लागि प्रयोग गर्न सकिन्छ।ह्वाइट हाउसले यो उपहार कानुनी भएको बताएको
पुरै पढ्नुहोस्
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ। अख्तियार स्रोतका अनुसार धेरै पैसा असुल गरी भिसिट भिसामा विदेश पठाउने गरेको उजुरी आउन थालेपछि अध्यागमन कार्यालयमा छापा मारेको होअख्तियारको टोलीले विभागको कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको छ।
पुरै पढ्नुहोस्
सिरहा : लहान नगरपालिका–२४ का मौजे साहलाई उनकी पत्नी रितु साहले आफ्नो मिर्गौला दान गरेकी छन्।दुवै मिर्गौला फेल भएपछि मौजे साह विगत नौ महिनादेखि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारमा थिए।बुधबार उनको मिर्गौला प्रत्यारोपण गरिएको छ। आर्थिक अवस्था कमजोरले स्थानीयहरूले केही रकम सहयोग जुटाएर उपचारका लागि दिएका छन्। अझै पैसा सहयोग गरिदिन सबैलाई आग्रह गरिएको परिवारका एक सदस्यले बताए।
पुरै पढ्नुहोस्
वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौँ महिनाको अवधिमा रु छ अर्ब १३ करोड ९५ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा रु छ अर्ब ६५ करोड ७९ लाख आठ हजार अर्थात १०८ दशमलव ४४ प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईंले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।“कार्यालयले चालु आवको नौँ महिनाको लक्ष्यको आधारमा अन्तःशुल्क करतफ १३९ प्रतिशत रा
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित