Showing 81-90 of 106 items.
  • आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, प्रहरीमाथि ढुंगा प्रहार

    काठमाडौँ ।आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औँ दिनमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।शिक्षकहरुले शनिबार नै आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेका थिए । उनीहरु निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्ने तयारी गरेपछि प्रहरीले रोकेको हो ।

    पुरै पढ्नुहोस्
  • शिक्षकका जायज माग तीन दिनभित्र पूरा गरी विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ ।सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय संसद् सचिवालय, कानुन मन्त्रालय, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने

    पुरै पढ्नुहोस्
  • कक्षा १२ काे परीक्षा सार्न प्रधानमन्त्रीको अनुरोध

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ काे परीक्षा सार्न अनुरोध गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दीपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका हुन्।प्रधानमन्त्री ओलीका सचिवालय सदस्य प्रकाश सिलवालले कक्षा १२ काे परिक्षा सार्न सकिने विषयमा निर्णय गर्न अनुरोध गरेको बताए । परीक्षा सार्ने वा नसार्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने उनको भनाइ छ। 'परीक्षा सार्न भनेर नै निर्देशन दिनु भएको होइन । सार्न सकिने भए सार्नुस् भन्नू भएको हो। अब बोर्डले निर्णय गर्ला', सिलवालले भने।

    पुरै पढ्नुहोस्
  • धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर

    धनुषा - धनुषाको सहिदनगर नगरपालिका–५ यदुकोहामा विष सेवनका कारण तीन बालबालिकाको ज्यान गएको छ । विष सेवनबाट आमा गम्भीर छिन् ।स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको विष सेवनबाट ज्यान गएको हो । आमा, ३० वर्षीया पविता साह गम्भीर अवस्थामा छन् र उनको जनकपुरस्थित प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवका अनुसार सोमबार साँझ करिब ६ः४० बजे आमासहित सन्तानहरूले विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै सबैलाई अस्पताल पु

    पुरै पढ्नुहोस्
  • कक्षा १२ को वार्षिक परीक्षा नसर्ने

    काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए ।‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको छ । सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ । त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय भएको छ’ उनले भने । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ।

    पुरै पढ्नुहोस्
  • कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज बोर्ड बैठक

    काठमाडौं । यही वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय लिन मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ। परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा केहीदिन पछि सार्ने विषयमा आवश्यक निर्णयका लागि बोर्डको बैठक बस्न लागेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिए। ‘अध्यक्ष (डा.महाश्रम शर्मा) ज्यूले बैठक बोलाउनु भएको छ,’ अर्यालले  भने, बैठकमा कक्षा १२ को परीक्षासहित विभिन्न विषयमा छलफल होला।उनले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डल

    पुरै पढ्नुहोस्
  • शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

    काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएको उनको सचिवालयले  जानकारी दिएको छ। शिक्षक आन्दोलन चर्किरहेका बेला विभागीय मन्त्रीले राजीनामा दिएकी हुन्।शिक्षकका माग सम्बोधन गर्न मन्त्री भट्टराईले सात बुँदे प्रस्ताव तयार गरेकी थिइन्। उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी आजै आन्दोलनबाट फर्कन शिक्षकहरूलाई आह्वान गर्ने तयारी थियो।

    पुरै पढ्नुहोस्
  • शिक्षकहरुको आन्दोलन आज २०औँ दिन पनि बिहानैदेखि

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।नेपाल शिक्षक महासंघको नेतृत्वमा २०औँ दिन सोमवार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जानकारी दिएका छन् । उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदाझैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा

    पुरै पढ्नुहोस्
  • शिक्षक आन्दोलनले कक्षा १२ को वार्षिक परीक्षा अन्योलमा

    काठमाडौं  - शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरेको छ। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्ने बोर्डको तयारी छ। राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा तीन सातादेखि दिनहुँ माइतीघरमा प्रदर्शन गरिरहेका शिक्षकले पनि परीक्षामा सहभागी नहुने तयारी गरेका छन्। निर्णायक आन्दोलनमा रहेको दाबी गर्ने महासंघले पनि शिक्षा ऐन जारी हुने विश्वसनीय आधा

    पुरै पढ्नुहोस्
  • रामकुमारी झाँक्रीको टिप्पणी- शिक्षकहरूको ‘रमिता’ धेरै भयो

    काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले काठमाडौंका सडकमा शिक्षकहरूको जारी आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेतृ झाँक्रीले शिक्षकहरूले विद्यालय छोडेर सडकमा प्रदर्शन गर्नुलाई ‘रमिता’को संज्ञा दिएकी हुन्। शिक्षकहरू र सरकारबीच संवाद गराउने प्रयास गरे पनि शिक्षकहरूले शिक्षा ऐन तत्काल पास हुनुपर्ने अडान लिएको र संवाद गर्न नचाहेको उनकाे भनाइ छ ।‘अब चाहि शिक्षकहरूको रमिता बढी भयो। मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित