काठमाडौ ।भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बिहीबार पनि तीन खेल हुँदै छन्। बिहान ११ः१५ मा ओमानले सहआयोजक श्रीलंकाको सामना गर्दा नेपालले दिउँसो ३ः१५ मा इटालीसँग खेल्नेछ। त्यसैगरी साँझ ७ः१५ मा नामिबियाले सहआयोजक भारतको सामना गर्नेछ।पहिलो खेल पलिकेली, दोस्रो मुम्बई र तेस्रो खेल दिल्लीमा हुनलागेको हो। हालसम्म कसको कति अंक? समूह एमा पाकिस्तान ४ अंकसहित पहिलो स्थानमा छ भने १ खेल कम खेलेको भारत २ अंकसहित दोस्रो र २ खेल खेलेको नेदरल्यान्ड १ जितसहित २ नै अंकसहित तेस्रो स्थानमा छ। यो समूहमा नामिबिया र अमेरिका अंकविहीन छन
पुरै पढ्नुहोस्
काठमाडौ । तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालले आज (आइतबार) बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डको सामना गर्दै प्रतियोगिताको शुरूआत गर्ने भएको छ । नेपाल र दुईपटकको विश्वविजेता इंग्ल्याण्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा साँझ सवा ३ बजेदेखि शुरू हुनेछ । सन् २०१० मा पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको इंग्ल्यान्डले सन् २०२२ मा दोस्रोपटक उपाधि जितेको थियो । सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले त्यसको १० वर्षपछि सन् २०२४ मा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो । यसपटक नेपाली टोली एसिया–प्रशान्त क्षेत्रको छ
पुरै पढ्नुहोस्
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशमा ‘घर फिर्ती अभियान’लाई जोड दिएको छ। जसपाले चार महिनाअघि अभियान सुरु गरेको थियो। प्रतिनिधि सभाको चुनाव नजिकिएसँगै अभियानमा जोड दिएको हो। यहि अभियानअन्तर्गत मंगलबार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्तालाई जसपाले स्वागत गरेको छ। सप्तरी–३ मा चुनावी छलफल र भेटघाटलाई तीव्रता दिइरहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। जसपा नेपाल विभाजन हुँदा उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन्। थ
पुरै पढ्नुहोस्
नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा चुनावी सरगर्मी निकै बढेको छ। यस क्षेत्रबाट 'हेभीवेट' उम्मेदवारका रूपमा चर्चित उद्योगपति एवं राजनीतिज्ञ विनोद चौधरी आफ्नो विरासत जोगाउने र अधुरा काम पूरा गर्ने दाउमा पुनः चुनावी मैदानमा उत्रिनुभएको छ।अनुभवी नेतृत्व र विकासको पहलयसअघि प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा रहँदा चौधरीले जिल्लाको भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण पहल गरेको दाबी गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालमा अलपत्र परेका विकास निर्माणका आयोजनाहरूलाई सक्रिय बनाउन सरोकारवाला निकायसँग निरन्तर पैरवी गर्दै आउनुभएको थियो।प्र
पुरै पढ्नुहोस्
घुरन यादव सप्तरी ।राजाजी समुदायिक सिकाइ केन्द्रको प्रथम सधारण सभा सप्पन्न भएको छ।बुधबार बोदे बर्साईननगरपालिका -७ मा भएको कार्यक्रममा पलिकाका शिक्षा इकाई प्रमुख शशि यादबको प्रमुख आतिथ्यतामा, समाजसेवी , बुद्धिजीवी , पत्रकार ,लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका एक अति विपन्न परिवारका विद्यार्थीले आफ्नो मिहिनेत र संघर्षले एमबीबीएसको प्रवेश परिक्षामा पुर्ण छात्रवृत्तिमा नाम निकल्न सफल भएको छ। एउटा फुसको झुप्रोमा दलित समुदायका विद्यार्थी सत्यनारायण साफीलाई बधाई दिने अहिले मान्छेको भीड लागिरहेको छ । यसको कारण हो, अभाव, समस्या र गरिबीबीच पनि सत्यनारायणले पाएको सफलता । चिकित्सा शिक्षा आयोगले गत कात्तिक १५ गते लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका साफी निरन्तर मिहिनेत, संघर्ष र सफलताको उदाहरण बनेर उदाएका छन् । दलित समुदायका सत्यन
पुरै पढ्नुहोस्
सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिरहा निर्वाचन क्षेत्र -१ मा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा पूर्वमन्त्री रामचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ। क्षेत्रीय कमिटीको बैठकले पार्टीभित्रको एकता, संगठनात्मक सुदृढीकरण तथा आगामी निर्वाचनमा प्रभावकारी प्रतिस्पर्धा गर्न सक्ने सक्षम नेतृत्वका रूपमा यादवलाई अघि सारेको जनाइएको छ।बैठकमा सहभागी नेताहरूले पूर्वमन्त्री यादवको राजनीतिक अनुभव, जनतासँगको गहिरो सम्बन्ध र क्षेत्रको विकासमा पुर्याएको योगदानलाई मुख्य आधार मानेर सर्वसम्मत निर्णय गरिएको बताए। पार्टी स्रोतका अनुस
पुरै पढ्नुहोस्
पर्सा - बोधिसत्वा बिहार , बुढानिलकण्ठ, काठमाडौंको सहयोग तथा डाक्टर पियारतन महर्जनको सहजीकरण र पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्साको सहकार्यमा पर्सा जिल्लाको एक हजार दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग गरिएको छ। पर्सा जिल्लामा अहिले पनि दलित बालबालिकाहरु विद्यालय छोडने दर बढी रहेकोे छ, अभिभावकहरु प्रायः ज्यालादारी , मजदुरी गर्ने गर्दछ्न। दलित तथा सीमान्तकृत समुदायको बालबालिका लागि विद्यालय टिकाउने , कापीकलमको बहानाले विद्यालय छोडन नदिन , गुणस्तरीय शिक्षा , उतिर्ण दर वृद्धि गराउने जस्ता उदेश्यको साथ
पुरै पढ्नुहोस्
शियाराम यादव ,पुष-९लहान नगरपालिका वडा नम्बर २३ मा खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानसम्बन्धी वडा स्तरीय सरोकारवालाहरूसँग समन्वय बैठक सम्पन्न भएको छ। वाटर एडको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता लहान नगरपालिका–२३ का वडा अध्यक्ष बद्री प्रसाद यादवले गर्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो रहनुभएको थियो। बैठकमा खानेपानी, सरसफाइ तथा स्वच्छताका विषयमा वडा स्तरमा गर्न सकिने पहल, चुनौती र सहकार्यका विषयमा छलफल गरिएको थियो।कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रति
पुरै पढ्नुहोस्
काठमाडौ । दलितको एमबिबिएस/बिडिएस कोटामा गैरदलितको नाम समाबेश भएको भन्दै दलित समुदायका सरोकारवालाहरुले शिक्षा मन्त्री डा.महाबिर पुनलाई ज्ञापन पत्र बुझाएका छन । नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालको अगुवाईमा दलित जेनजि एलायन्स , दलित नागरिक समाज लगाएत दलित सरोकार राख्ने प्रतिनिधीहरुले शिक्षा जस्तो सम्बेदनसिल क्षेत्रबाटै दलित समुदायको अधिकार खोसिएको भन्दै सो पत्र दिएको हो । सधै दलित कोटामै गैरदलितहरुले आखा लगाएर आफुहरुको हकलाई गैरकानुनी तवरले हड्फेनु भनेको नेपालको संबिधान मात्रै नमिचेर मानवअधिकारको गम्भिर उल्लंघन भएको च
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित