बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

टी–२० विश्वकप: आज नेपालले इंग्ल्यान्डसङ्ग खेल्ने

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २५, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
टी–२० विश्वकप: आज नेपालले इंग्ल्यान्डसङ्ग खेल्ने
Rampam
3D Education Lahan

काठमाडौ । तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालले आज (आइतबार) बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डको सामना गर्दै प्रतियोगिताको  शुरूआत गर्ने भएको छ । नेपाल र दुईपटकको विश्वविजेता इंग्ल्याण्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा साँझ सवा ३ बजेदेखि शुरू हुनेछ । सन् २०१० मा पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको इंग्ल्यान्डले सन् २०२२ मा दोस्रोपटक उपाधि जितेको थियो ।
सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले त्यसको १० वर्षपछि सन् २०२४ मा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो । यसपटक नेपाली टोली एसिया–प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा पहिलो हुँदै विश्वकपमा स्थान पक्का गरेको हो ।
नेपालले आफ्नो दोस्रो खेल फेब्रुअरी १२ तारिखमा इटालीसँग खेल्नेछ । नेपाल र इटालीबीचको खेल पनि मुम्बईको वानखेडे स्टेडियममै दिउँसो सवा ३ बजे शुरू हुनेछ । इटाली युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै विश्वकपमा छनोट भएको हो । 
यसैगरी, नेपालले आफ्नो तेस्रो खेल फेब्रुअरी १५ तारिखमा बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल पनि मुम्बईको वानखेडे स्टेडियममै बिहान सवा ११ बजे शुरू हुनेछ । वेस्ट इन्डिज पनि टी–२० विश्वकपको दुईपटकको विजेता हो । सन् २०१२ मा पहिलोपटक उपाधि जितेको क्यारेबियन टोलीले सन् २०१६ मा दोस्रोपटक उपाधि चुमेको थियो ।
समूहगत चरणको अन्तिम खेल नेपालले फेब्रुअरी १७ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । नेपाल र स्कटल्यान्डबीचको खेल पनि मुम्बईको वानखेड स्टेडियममै साँझ सवा ७ बजे शुरू हुनेछ ।
विश्वकपमा नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिँदै छ । सन् २०२४ को विश्वकपमा पनि रोहितले नै टोलीको कप्तानी गरेका थिए । नेपाली टोलीमा उप–कप्तानको भूमिकामा दीपेन्द्रसिंह ऐरी छन् ।
विश्वकप शुरू हुनुअघि नेपाली टोलीले दुईवटा अभ्यास खेल खेलेको थियो । दुवै अभ्यास खेलमा विजयी भएपछि नेपाली टोली उच्च मनोबलसहित विश्वकप यात्रामा होमिएको छ । 
आईसीसी टी–२० विश्वकपको १०औं संस्करण शनिबारदेखि शुरू भएको हो । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपका खेलहरू यी दुई राष्ट्रका विभिन्न शहरमा खेलाइने छ ।
प्रतियोगिता मार्च ८ तारिखसम्म चल्नेछ । विश्वकपको १०औं संस्करणमा २० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह सीमा छ । नेपाल रहेको समूहमा नेपालसहित इंग्ल्याण्ड, इटाली, स्कटल्यान्ड र वेस्ट इन्डिज छन् । समूह ‘ए’ मा भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान र अमेरिका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् । 
समूह ‘डी’ मा भने अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–८’ चरणमा प्रवेश गर्नेछन् । समूहगत चरणको खेल फेब्रुअरी २० तारिखसम्म चल्नेछ ।
‘सुपर–८’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । ‘सुपर–८’ चरण मार्च १ तारिखसम्म चल्नेछ । पहिलो सेमिफाइनल खेल मार्च ४ र दोस्रो सेमिफाइनल खेल मार्च ५ मा हुनेछ । सेमिफाइनलमा विजयी दुई टोलीबीच मार्च ८ तारिखमा फाइनल खेल हुनेछ । यो विश्वकपमा कुल ५५ खेल हुनेछ । 


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]