रामएकवाल राम
दोहा, कतार । कतारमा कार्यरत मधेश प्रदेश प्रदेशका युवाहरुले स्थापना गरेको मधेश युवा संघ कतारले महोत्तरीमा आर्थिक सहयोग गरेका छन।
बुधबार जिल्लाको लोहरपटी नगरपालिका -९ फुलबरीयाका जोगि पासवानलाई स्वस्थ्य उपचारमा थप सहयोग होस भनेर समाजसेवी बिरेन्द्र पासवानको पहलमा रू. १५१०५/ आर्थिक सहयोग गरेका छन।
रकम हस्ताक्षरमा समाजिक अभियनता ब्रहमदेव पासवान,बिश्वनाथ पासवान,रबिन्द्र पासवान,शिव पासवान,बिरेन्द्र पासमान,अरूण साह, संस्थाका कोषाध्यक्ष राम सजन साह लगायतको उपस्थितिमा सो रक्म हस्तान्तरण गरेको संस्थाका अध्यक्ष श्री प्रताप साहले जानकारी गराए




















