बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाज

दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस १२, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग
Rampam
3D Education Lahan

पर्सा - बोधिसत्वा बिहार , बुढानिलकण्ठ, काठमाडौंको सहयोग तथा डाक्टर पियारतन महर्जनको सहजीकरण र पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्साको सहकार्यमा पर्सा जिल्लाको एक हजार दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग गरिएको छ। पर्सा जिल्लामा अहिले पनि दलित बालबालिकाहरु विद्यालय छोडने दर बढी रहेकोे छ, अभिभावकहरु प्रायः ज्यालादारी , मजदुरी गर्ने गर्दछ्न। दलित तथा सीमान्तकृत समुदायको बालबालिका लागि विद्यालय टिकाउने , कापीकलमको बहानाले विद्यालय छोडन नदिन , गुणस्तरीय शिक्षा , उतिर्ण दर वृद्धि गराउने जस्ता उदेश्यको साथ सामग्री वितरण गरिएको छ।
पिसफोर दलितस फाउन्डेसन नेपालले  पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३, कवौबन गाउँको मुसहर बस्ती,कटैयाको दलित बस्ती , वडा-५, महुवन गाउँको दलित बस्ती, बिरगंज महानगरपालिका वडा-१९, केहुनिया बिन्दबासनि गाउँको दलित बस्ती संचालन गरेको दलित तथा सीमान्तकृत समुदायको बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा तथा सिकाई सुधार केन्द्रको  ४ वटा गाउँको  १ हजार बालबालिकाको लागि कापी,कलम , १००० चाउचाउ , चिसो बोरा साईजको भुईमा  बस्ने  १००० चटी (फोम), टियुसन व्यवस्थापनको लागि  १२ वटा कुर्सी ,  ४ वटा टेबुल जस्ता सामग्रीहरु सहयोग गरिएको छ ।
डॉ. पिया रत्न महर्जन बालबालिकादेखि समाजका कमजोर समूहहरू सम्म सहयोग, शिक्षा तथा मानव सेवामा प्रत्यक्ष कार्य, साथै युवा तथा शान्ति निर्माणका कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निभाउँदै आएका सामाजिक अभियान्ता हुन् — जसले स्थानीय तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा समाजसेवामा योगदान दिएका छन्।
डॉ. पिया रत्न महर्जन एक सामाजिक, सामुदायिक विकास र मानवीय अभियानी हुन् — जो काठमाडौँ, नेपालमा आधारित छन् र विशेष गरी युवा विकास, शान्ति निर्माण र समाजसेवा क्षेत्रमा कार्यरत छन्। उनले लामो समयदेखि सामाजिक कार्य, मानवीय कार्य, अनाथाश्रम तथा विद्यालय सञ्चालन र अन्तर्राष्ट्रिय मंचमा पनि काम गर्दै आएका छन्।
विगत वर्षमा डा. पिया रतन महर्जन ज्युले पर्सा जिल्लामा विभिन्न सामाजिक सेवाहरू गरी जनसमुदायको सहयोग गर्नुभएको छ। जाडोको समयमा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुका साथै, विद्यालय जाने बालबालिकालाई कापी, कलम लगायतका शैक्षिक सामग्री उपलब्ध गराउनुभयो। साथै विपद् वा कठिन परिस्थितिमा परेका समुदायलाई राहत, खाद्यान्न वितरण तथा अन्य आवश्यक सहयोग प्रदान गरेर स्थानीय जनताको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका निभाउनुभयो।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-3 कौवाबन गाउँको मुसहर बस्तिको एक जना खुसी कुमारी मुसहर बहिनी धेरै खुशीजो साथ सहयोग गर्ने संस्थालाई धन्यवाद भनेको छिन । त्यसै गरि बिन्दबासनी गाउँको एक अभिभावक राजेन्द्र राम ज्यु खुशी भैइ दलित बालबालिकाको लागि गरिएको सहयोगले बालबालिका बिधालय जाने दरमा वृद्धि हुने सम्भावना बढेकोले धन्यवाद दिनुभएको छ।
पर्सा जिल्लाको चार गाउँको एक हजार बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग गरिएको छ। यस कार्यक्रमको प्रमुख अतिथि बोधिसत्व बिहार , बुढानिलकण्ठ, काठमाडौंको अध्यक्ष आदरणीय पियारतन महर्जन ज्युले बालबालिकाहरुलाई आफ्नो हातबाट वितरण गर्नुभएको छ। यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम, फाउन्डेसनको कार्यकारिणी निर्देशक पारमानन्द राम, सचिव दीपेन्द्र राम, सदस्य सुरेन्द्र पासावान, सन्जोग राम, बिनोद राम लगायतको सहभागिता रहेकोे छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]