Showing 581-590 of 1,176 items.
  • लहान नगरपालिकामा छात्रवृत्तिको नाममा नौटंकी गरेकाे आरोप

    सितल साह लहान -  लहान नगरपालिकाले गरिब, दलित र अति विपन्न वर्गका छात्रछात्राका लागि छात्रवृत्तिको व्यवस्था गर्‍यो भन्ने नाममा सार्वजनिक गरिएको योजना अहिले तीव्र विवादमा परेको छ। नगर प्रमुख महेश प्रसाद चौधरीद्वारा अगुवाइ गरिएको यस कार्यक्रम अन्तर्गत नगरपालिकाभित्र रहेका सार्वजनिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन खुला गरिएको थियो। आवेदन पश्चात बैशाख २० गते बिहान ८ बजे छात्रवृत्तिका लागि लिखित परीक्षा सञ्चालन गरिएको थियो।कुल ३८२ जना आवेदकहरूमध्ये ३१५ जनाले परीक्षा दिएका थिए। जसमध्ये १९ जानाले मात्र पा

    पुरै पढ्नुहोस्
  • नेपाली भूमिमा भारतद्वारा तटबन्ध निर्माण, अविलम्ब कूटनीतिक पहल थाल्न एमालेको माग

    दार्चुला । सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् ।विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।नेपाली भूभागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा छिमेकी भारतले तटबन्ध निर्माण

    पुरै पढ्नुहोस्
  • एनआरएनएभित्र राजनीति नगरिदिनुस् परराष्ट्रमन्त्री आरजु राणा

    काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् ।शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।उनले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् । उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् ।राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ रु भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताइन् ।परराष्ट्रमन

    पुरै पढ्नुहोस्
  • एनआरएनएको एकता महाधिवेशनको पररष्ट्रमन्त्री आरजु राणाद्धारा उद्घाटन

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन शुरु भएको छ । काठमाडौंको हायात होटेलमा शुरु भएको महाधिवेशनको पररष्ट्रमन्त्री आरजु राणा देउबाले उद्घाटन गरेकी छन् । उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत राजनीतिक दलका प्रतिनिधिहरु सहभागी भएका छन् ।महाविधेशनका लागि विभिन्न ५० बढी देशबाट दुई हजार बढी प्रतिनिधि सहभागी भएका छन् । विभिन्न कारणले विवादित बनेको एनआरएनए एकता महाधिवेशनपछि सबल र एकताबद्ध भएर बढने भन्दै एनआरएन अभियन्ता र डेलिगेट्सहरू उत्साहित देखिएका छन् ।यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएप

    पुरै पढ्नुहोस्
  • जसपा नेपालले कोशी खारेजी तथा पहिचान आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्दै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्न लागेको छ।पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजक रहेको ‘१ नं प्रदेश पुनः नामाङ्कन आन्दोलन परिचालन तथा समन्वय समिति’ को आयोजनामा सुनसरीको धरानमा शनिबार गर्न लागिएको उक्त गोष्ठीका प्रमुख वक्ता पार्टी अध्यक्ष उपेन्द्र यादव रहने छन्। अन्य वक्ताहरुमा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु हुने बताइएको छ।मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर सङ्घर्षरत छ। पहिचानको राजनीतिले जाति÷ समुदायबीचको विभेद, उत

    पुरै पढ्नुहोस्
  • एनआरएनए एकता महाधिवेशनकाे आज उद्घाटन

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबार समेत हेर्न नमिल्ने भएसँगै शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो ।एनआरएनए एकताको महाधिवेशन शनिबारदेखि सोमबारसम्म (२०-२२ बैशाखमा) राजधानीको हायात होटलमा हुँदैछ ।शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त ईजलासमा उक्त मुद्दा परेको थियो ।संघको ११ औँ महाधिवेशनबाट निर्वाचित भएको दावी गर्दै आएका बद्री केसीले एकता महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । यसअघि परराष्

    पुरै पढ्नुहोस्
  • लन्डनमा पनि नेपाली विद्यार्थी मृत फेला

    लण्डन - लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए। गत मंगलबार फेला पारेको शव नेपाली  विद्यार्थीको हुनसक्ने आशंकामा  लन्डन  प्रहरीले औँठा छाप परीक्षण गर्दा  शव नेपाली  विद्यार्थीको भएको पुष्टि भएको हो । दूतावासले नेपालीको राहदानी विभागबाट  मगाएको औँठ

    पुरै पढ्नुहोस्
  • १३ वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

    सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ ।निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएकोमो उक्त निर्माण कम्पनीले महिनादिन अघिदेखि काम ठप्प गरेपछि ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए । “सम्झौताअनुसार असार मसान्तसम्म काम सम

    पुरै पढ्नुहोस्
  • एनआरएनए एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी नेतृत्वको कार्यसमितिले वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) सम्म काठमाडौंमा तय भएको “एकता महाधिवेशन” मा आफूहरूको कुनै संलग्नता नरहेको बताएको छ। संघका प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी वक्तव्यमा उक्त महाधिवेशन विधानविपरीत भएको र यसले एकता भन्दा उल्टो फुट निम्त्याउने दाबी गरिएको छ।संस्थाको तालुकदार निकाय परराष्ट्र मन्त्रालयले समेत सो महाधिवेशन सार्न पत्र पठाइसकेको विज्ञप्तिमा उल्लेख छ । यस्तै सो सम्बन्धमा सर्वोच्च अदालतमा दायर गरिएको रिट विचाराधीन अवस्थामा रहे

    पुरै पढ्नुहोस्
  • शासन प्रणाली फेरिए पनि शासन गर्ने पात्र उही मुलुकको अवस्था फेरिन सकेन :अध्यक्ष यादव

    नवलपरासी - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनको समयमा भएको सहमति कार्यान्वयन नगरेर सरकार र ठूला दलले मधेशी जनतालाई अन्याय गरेको आरोप लगाएका छन् ।मधेश आन्दोलन र संघीयताको मर्मविपरीत 'एक मधेश एक प्रदेश' नदिएकाले अब संघीयताको पुनःसंरचना गरेर जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित हुने गरेर निर्णायक आन्दोलन हुनुपर्ने बताए ।जनता समाजवादी पार्टी पश्चिम नवलपरासीको प्रथम एकता जिल्ला अधिवेशनमा बोल्नेक्रममा अध्यक्ष यादवले देशमा शासन प्रणाली फेरिए पनि शासन गर्ने पात्र उही हुँदा देशले निकास नपाएको धारणा राखे&

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित