काठमाडौँ ।अमेरिकी प्रयासमा भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुवियोले सामाजिक सञ्जाल एक्समा केही वेरअघि यो सार्वजनिक गरेका हन् । ‘

उपराष्ट्रपति जेडी भान्स र मैले प्रधानमन्त्री नरेन्द्र मोदी र शाहबाज शरीफ, विदेशमन्त्री सुब्रमण्यम जयशंकर, सेना प्रमुख असीम मुनीर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र असीम मलिक लगायत वरिष्ठ भारतीय र पाकिस्तानी अधिकारीहरूसँग कुराकानी गरेका छौं’ अमेरिकी विदेशमन्त्री रुवियोले भनेका छन्, ‘भारत र पाकिस्तान सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको घोषणा गर्न पाउँदा म खुसी छु। शान्तिको बाटो रोज्ने क्रममा हामी प्रधानमन्त्री मोदी र शरीफको बुद्धिमत्ता, विवेक र राजनेतापनको प्रशंसा गर्छौं।’

पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा गत बुधबार भारतले पाकिस्तानको जम्मु कश्मिर क्षेत्रमा आक्रमण गरेपछि दुई देशबिच तनाव बढेको छ। तीन दिन यता दुवै देशले एक अर्काको देशमा हवाई हमाला गरिरहेका छन्।

trupm'2025-05-10-06-22-50