बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

बर्धमान अस्पतालमा सुत्केरीको मृत्यु राजमार्गमा शव राखेर प्रदर्शन

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
बर्धमान अस्पतालमा सुत्केरीको मृत्यु राजमार्गमा शव राखेर प्रदर्शन
Rampam
3D Education Lahan

सिरहा - सिरहाको गोलबजारमा अवस्थित बर्धमान अस्पतालमा एक सुत्केरीको अकालमै ज्यान गएको छ। मिर्चैया नगरपालिका–११, सीतापुरकी अन्दाजी ३० वर्षीया रामकाशी यादवको शनिबार बिहान ज्यान गएको हो।

रामकाशीलाई शुक्रबार बिहान व्यथा लागेपछि परिवारजनले बर्धमान अस्पताल लगेका थिए। अस्पतालमा दिउँसो १२ बजेतिर शल्यक्रिया गरेर बच्चा निकालिएको थियो। यसअघि दुई छोरीकी आमा रहेकी उनी छोराको जन्म दिएकी थिइन्।

तर, शल्यक्रिया गरेर बच्चा निकालेपछि स्वास्थ्य अवस्था बिग्रँदै जाँदा परिवारजनले रामकाशीलाई बाहिर लान खोजेका थिए। रिफर गरिदिन पटक–पटक आग्रह गर्दा पनि 'यतै ठीक भइहाल्छ' भनेर अल्झाएर राखेको अस्पतालले शनिबार बिहान २ बजेतिर मात्र यहाँबाट रिफर गरेको थियो।

तर, गोलबजारबाट विराटनगर लाने क्रममा बाटोमै उनको मृत्यु भएको हो। शनिबार बिहान साढे ५ बजेतिर विराटनगरस्थित न्युरो अस्पतालले उनलाई मृत घोषणा गरेको मृतकका श्रीमान् सन्त यादवले बताए।

हामी बिहान २ बजे यहाँबाट हिँडेका थियौं, बिहान ५ बजे विराटनगर पुगेका थियौं,' सन्तले भने तर, त्यहाँका चिकित्सकले अस्पताल पुग्नुअघि नै बिरामीको ज्यान गइसकेको बताए।

बर्धमान अस्पतालले आफ्नी श्रीमतीलाई अन्तिम अवस्थामा पुर्‍याएर रिफर गरेको र यो घटनाको जिम्मा अस्पतालले नै लिनुपर्ने उनको भनाइ छ। उनले शल्यक्रियाका क्रममा चिकित्सकको लापरबाहीका कारण रामकाशीको शरीरबाट धेरै रगत बगेको बताए।

अपरेसन गर्दा धेरै रगत गयो, अस्पतालले हामीलाई रगत ल्याउन भन्यो, ल्याएर दियौँ,' उनी सुनाउँछन्, 'तर, उपचार र बिरामीको अवस्था देखेर हामी सन्तुष्ट थिएनौँ। रिफरका लागि पटक–पटक आग्रह गर्दा पनि अल्झाएर राखियो। मेरो श्रीमतीको ज्यान जानुमा अस्पताल दोषी छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]