भारत र पाकिस्तान तुरुन्त युद्धविराम गर्न सहमत भएको ट्रम्पको घोषणा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको बताएका छन्।
ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा भएको रातभरिको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्कालै युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा म प्रसन्न छु।’
दुवै मुलुकले बुद्धिमत्ता देखएको भन्दै उनले बधाई पनि दिएका छन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्