बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

आतङ्ककारी हमलाः सरकारले सुदीप न्यौपाने हत्याको बदला लिनुपर्ने राजकिशाेर यादवको सुझाव

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
आतङ्ककारी हमलाः सरकारले सुदीप न्यौपाने हत्याको बदला लिनुपर्ने राजकिशाेर यादवको सुझाव
Rampam
3D Education Lahan

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले नेपाल सरकारले सुदीप न्यौपाने हत्याको बदला लिनुपर्ने बताएका छन् । भारतस्थित जम्मू कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा नेपाली युवा न्यौपानेको मृत्यु भएको थियो । शनिबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल सरकारले आफ्नो नागरिक हत्याको बदला लिनुपर्ने बताएका हुन् । उनले नेपाल आफैंले बदला लिन नसक्ने हो भने भारतले चलाइरहेको कारबाहीमा साथ दिनुपर्ने बताए ।

‘नेपाल सरकारले के गरिरहेको छ आफ्ना नागरिकको लागि ? हाम्रो नागरिकको पनि हत्या भएको छ । नेपाल सरकारले पनि आतङ्कवादको विरुद्धमा आफ्नो प्रतिवद्धता र आफ्नो नागरिकको हत्याको विरुद्धमा बदला लिनेगरी अगाडि बढ्नुपर्थ्यो । भारत सरकारले आफ्नो नागरिकको लागि गरिराखेको छ । आफैंले नसक्ने हो भने कम्तिमा त्यसमा साथ हुनुपर्यो नि उनले भने ।

उपाध्यक्ष यादवले आतङ्कवादविरुद्ध भारतले चलाइरहेको ‘अपरेशन सिन्दुर’ असफल हुन नहुने बताए । अपरेशन सिन्दुर असफल भएको खण्डमा मानवताले जित्न नसक्ने उनको भनाइ छ । ‘भारतले अहिले ‘अपरेशन सिन्दुर’ चलाएको छ । मानवताले जित्ने हो भने त्यो सफल हुनुपर्छ उनले भने ।

आतङ्कवादलाई समयमै निराकरण गर्न नसकिएको खण्डमा त्यो एउटा ठाउँमा मात्रै सीमित हुन नसक्ने उनले बताए । आतङ्कवादको विरुद्धमा जो–जसले लडिरहेको छ, नेपालले साथ दिनुपर्ने उनले बताए । अहिले भारतले पाकिस्तानको विरुद्ध आक्रमण नगरेको उनको दाबी छ । भारतले केवल आतङ्कवादको विरुद्ध कारबाही चलाइरहेको नेता यादवले बताए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]