Showing 351-360 of 1,176 items.
  • ठिकै छ मेरी प्रिय " गीत शुक्रबार सार्वजनिक हुने

    राजेन्द्र महतो काठमाडौ । गुरु बसिष्ठको स्वरमा रहेको "ठिकै छ मेरी प्रिय " गीत असार ६ गते शुक्रबार सार्वजनिक हुने भएको छ । कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ।गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल स्टुडियोमा गरिएको हो । ड्र्यागन मोशन पिक्चरद्वारा प्रस्तुत गरिएको गीत क्लासिकल र राक ट्रागेडी रहेकोले हामीले बजारमा ल्याउन लागेको निर्माण टीमले जनाएको छ ।निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बराल द्वारा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेक

    पुरै पढ्नुहोस्
  • मधेस सरकारको नयाँ बजेट ४६ अर्ब ५८ करोड, बढ्यो कर्मचारी महँगी भत्ता

    काठमाडौं । मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। मन्त्री यादवले बजेट प्रस्तुत गर्दै चालूतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत बजेट छुट्याएका छन्। त्यसैगरी पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४.११ प्रतिशत बजेट छुट्याएका छन्।मधेश प्रदेशले सरकारी कर्मचारीहरुलाई दिने महंगी भत्ता बढाएको छ। प्रदेशका अर्थमन्त्री यादवले प्रदेश सरकारले प्रदान गर्दै आएको महंगी भत्तालाई बढाएर ५ हजार पुर्‍याएको

    पुरै पढ्नुहोस्
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी शिव कुमार महतो

    रामएकवाल रामदोहा :- समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा जो कोहीले चाहेर पनि गर्न सक्दैनन् । किनकी समाजसेवा सजिलै सङ्ग जस पाउने काम पनि होइन।कतारको सनैयामा बस्ने शिव कुमार महतो यस्तो समाजसेवी हुन जसले हरेक मधेशी समुदायका श्रमिक दाजुभाइहरुलाई सहयोग गर्न टुप्लुक्क पुग्ने गर्छन।कतारमा बसोबास गर्ने र नेपालमा समेत आपत विपतका बेला उनी निस्वार्थ रुपमा लाग्ने गर्छन् । त्यही भएर उनले कतारमा समाजसेवीको एउटा अबल पहिचान बनाएका हुन।सिराहाको अर्नामा गाउँपालिका-३  घर भएका समाजसेवी  शिव कुमार महतोले बैदेशिक रोजगारीक

    पुरै पढ्नुहोस्
  • केदारनाथ हेलिकप्टर दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु

    काठमाडौँ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए । गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हाे। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरु

    पुरै पढ्नुहोस्
  • सातै प्रदेशले आज ल्याउँदैछन् वार्षिक बजेट

    काठमाडौं ।  देशका सातवटै प्रदेश सरकारले आज (आइतबार) आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै छन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने व्यवस्था गरिएको छ। त्यसैगरि स्थानीय तहहरूले असार १० गतेपछि बजेट ल्याउने गरेका छन्। प्रदेश सरकारहरुले चालू आवको कुल बजेट दुई खर्ब ७८ अर्ब ७० करोडकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन्। कोसी प्रदेशले कृषि, पर्यटन र पूर्वाधार

    पुरै पढ्नुहोस्
  • काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा जारी

    काठमाडौं । अहिले (आइतबार बिहान) काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार यतिबेला काठमाडौँ र आसपासका क्षेत्रसहित बागमती प्रदेशका धेरै स्थान, कोसी र मधेस प्रदेशका पनि धेरै स्थानमा वर्षा भइरहेको छ। यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पनि एक-दुई स्थानमा पानी परिरहेको उनले बताइन। रातिदेखि नै वर्षा भइरहेको छ’, उनले नेपालखबरसँग भनिन्, ‘काठमाडौँकै हकमा चाहिँ पानी पर्न थालेको एक/डेढ घण्टा भयो होला।यसबीच कोसी र बा

    पुरै पढ्नुहोस्
  • सिरहाका विशेश्वर साउदी अरबमा अलपत्र परिवारको बिचल्ली

    सिरहा - ऋणको गह्रुंगो भारी, दुई छोराको पढाइ खर्चको बोझ, त्यसमाथि साउदी अरेबियामा अलपत्र श्रीमान् । यस्तै यस्तै तनावले थिचिएकी छिन्, सिरहा विष्णुपुर गाउँपालिका-३ कौवाहाकी सीतादेवी यादव ।आर्थिक अवस्था अत्यन्त कमजोर ४१ वर्षीया सीतादेवीलाई छोरी प्रतिभाको बिहे र सासुआमा भाल्सरदेवीको किरिया गर्दा लागेको १५ लाख रुपैयाँभन्दा बढी ऋणको भारीले थिचेको छ । सम्पत्तिको नाममा भएको १२ कठ्ठा खेत अरूलाई अधियामा दिएकी छन् । जसको आधा अन्नले उनको तीनजनाको परिवारको चुल्हो जेनतेन बलेको छ ।‘चार वर्षअघि ऋण उठाएर छोरी प्रतिभाको बिहे गरें । त्यसको एक वर्षपछि सासुआमा

    पुरै पढ्नुहोस्
  • आफ्नै मुद्दामा सिन्सियरको लज्जास्पद हार, पत्रकार गणेश विकको जीत

    काठमाडाैं । भनिन्छ नि,‘झुठ टिक्दैन, सत्य डग्दैन।’ काठमाडौं जिल्ला अदालतको गत जेठ २९ गतेको आदेशले सो भनाइलाई प्रमाणित गरेको छ । सयौंको बिचल्ली बनाएको राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले आफैंले दायर गरेको मुद्दामा लज्जास्पद हार व्यहोरेको छ । पुतलीसडकमा रहेको सिन्सियरले धेरै बचतकर्ताको उठीबास लगाएको विषयमा खप्तडटिभी डटकमले श्रृंखलाबद्ध समाचार प्रकाशित गरेको थियो । पीडितसँग भेटेरै प्रमाणसहित विभिन्न मितिमा समाचार छापिएको थियो । त्यसविरुद्ध सिन्सियरले म अर्थात खप्तडटिभी डटकमको सम्पादक गणेश विकविरुद्ध ह

    पुरै पढ्नुहोस्
  • सभापति यादवको पहल निष्कर्षमा : कटनियामा पुल बन्ने पक्का

    विनोद मण्डलजेठ ३१ । सिराहा जिल्लाको सीमावर्ती क्षेत्र बरियारपट्टी पुग्ने मुख्य सडक मार्गमा पर्ने कटनिया नदीमा अब पक्की पुल निर्माण हुने पक्का भएको छ । वर्षौँदेखि पुल अभावमा यातायात अवरुद्ध हुँदै आएको उक्त स्थानमा पुल निर्माण नहुँदा सिराहावासी लामो समयदेखि सास्ती भोग्दै आएका थिए । तर अब नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको सक्रिय पहलमा जनताको यो बहुप्रतीक्षित सपना साकार हुने भएको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिरोमाईलदेखि बरियारपट्टी जाने मुख्य सडकमा पर्ने कटनिया नदीमा हरेक वर्ष बाढीका कारण यात्रु तथा सवारी साधनको आवाग

    पुरै पढ्नुहोस्
  • एनआरएनए क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन सम्पन्न

    रियाद - गैर आवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन सम्पन्न भएको छ। यसअघि महेश घिमिरेको सफल कार्यकाल (२०२३–२०२५) सम्पन्न भएपछि नयाँ नेतृत्व चयन गर्न अधिवेशनको आयोजना गरिएको हो।अधिवेशनबाट जितेन्द्र थपलियाको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाृे छ । जसले २०२५२०२७ कार्यकालका लागि कार्यभार सम्हाल्नेछ।नव(निर्वाचित अध्यक्ष थपलियाले आफ्नो कार्यकालमा प्रवासी नेपालीको हकहित, समस्याहरू, तथा सरोकारका विषयहरू अझ प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित