बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारले आकाश मार्ग खुलाएपछि वायुसेवा निगमले थाल्यो उडान

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ११, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारले आकाश मार्ग खुलाएपछि वायुसेवा निगमले थाल्यो उडान
Rampam
3D Education Lahan

दोहा - इरानले सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि नेपाल वायुसेवा निगमले बन्द गराएको काठमाडौँ-दोहा उडान खुलाएको छ। 

कतारले आफ्नो आकाश मार्ग (एयर स्पेस) खुलाएपछि मंगलबार (असार १०) दिउँसो १:३५ बजेदेखि काठमाडौँ-दोहा-काठमाडौँ उडान पुन: सञ्चालन गरिएको जानकारी वायुसेवा निगमले दिएको हो।

यसअघि कतार सरकारले जुन २३ अर्थात् मंगलबार बिहान सूचना (एनओटीएएम) जारी गरी सम्भावित युद्धजन्य जोखिमका कारण आकाश मार्ग अर्को सूचना नआउन्जेलसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको बताएको थियो।

जसका कारण नेपाल वायुसेवा निगमद्वारा सञ्चालित आरए - २३९ /२४० (काठमाडौँ-दोहा-काठमाडौँ) उडान असार ९ गते रोकिएको थियो। 

तर मंगलबारै इजरायल र इरानबीच युद्धविराम घोषणा भएसँगै कतारले आकाश मार्ग खुला गरेपछि त्यही दिन दिउँसो १:३५ बजे वैकल्पिक विमानको व्यवस्था गरी त्यस विमानका लागि टिकट काटेका यात्रुहरूलाई अर्को विमानमार्फत पठाइएको वायुसेवा निगमले जनाएको छ।

यसबाट भएको असुविधाका लागि वायुसेवा निगमले यात्रुसँग माफी माग्दै जुन २३ मा  आरए - २३९ /२४० विमानका लागि टिकट बुक गराएका र आफ्नो गन्तव्यमा जान नपाएका यात्रुहरूलाई नेपाल वायुसेवा निगमका अन्य नियमित उडानमा निःशुल्क मिति परिवर्तन वा टिकटको पूरा रकम फिर्ता गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

nepal-air_HIBEcyMLcN 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]