बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका पुनः ७ वटा वडाबिच स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने सम्झौता

बालासुन्दरी खबर बालासुन्दरी खबर असार १०, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका पुनः  ७ वटा वडाबिच स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने सम्झौता
Rampam
3D Education Lahan

रंजित चौरसिया

बीरगंज १० असार।नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका पुनः  ७ वटा वडाबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

 मंगलबार अस्पतालको सभा हलमा वीरगंज महानगरपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अंसारी बिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजले उपलब्ध गराउने स्वास्थ्य सुविधा तथा छुट यसप्रकार रहेका छन्। ओपिडी टिकटमा २५ प्रतिशत , जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५  प्रतिशत, जेनेरल लाप्रोस्कोपिक तथा इण्डो स्कोपिकमा ८ प्रतिशत, पयाथोलोजी जाँचमा १०  प्रतिशत, यसैगरी भिडियो एक्सरे , एक्सरे, इसिजी, इन्डोस्कोपीमा ७ प्रतिशत, सिटीस्क्यान, एमआरआईमा ७  प्रतिशत, फार्मेसी ओपिडीमा १० प्रतिशत, फार्मेसी आईपिडीमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो । 

सो उपचार सेवा शुल्क छुट सुविधाका लागि सम्बन्धित वडा कार्यालयको लेटर पैडमा सिफारिस गरेको हुनुपर्ने छ । यसका साथै नेशनल मेडिकल कलेजले ७ वटै वडा कार्यालयहरुमा प्रत्येक तीन ( तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्नुको साथै रक्तदान कार्यक्रमको आयोजना समेत गर्ने सम्झौता भएको छ। 

आज भएको यो सम्झौता एक वर्षसम्म लागू रहने तथा आवश्कता अनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिने अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अंसारीले जानकारी दिए । सम्झौता कार्यक्रममा वीरगंज महानगरपालिकाका १३ वटा वडा संग पहिलो चरणमा सम्झौता भएको  थियोे  भने  आज वीरगंज महानगरपालिका  वडा नम्बर ११ का वडा अध्यक्ष अजय कुमार चौरसिया,  वडा न. १२ का वडा अध्यक्ष सुरेश कुमार गुप्ता, वडा न .१५ का वडा अध्यक्ष रमेश प्रसाद यादव, वडा न. १९ का वडा अध्यक्ष मुकेश कुमार चौरसिया, वडा न. २० का वडा अध्यक्ष रामकिशोर सिहं, वडा न. २३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहा,  वडा न. २४ का वडा अध्यक्ष बिजय प्रसाद कुर्मीको उपस्थिति रहेको थियो ।

 साथै वडा अध्यक्षहरुले आजको दिनलाई वडाबासीहरुको लागि  एतिहासिक दिनको रूपमा रहने छ ।उनीहरूले आजदेखि गरीब, असहाय, मानिसहरूलें नेशनल मेडिकल कलेजमा उपचार गराउँदा सहज हुने र बिस्तारै सेवा सुविधालाई बढाउँदै जाने खुशी व्यक्त गरे । साथै अस्पतालका निदेशक डाक्टर ईसरत जहान अंसारीले आज दोस्रो चरणमा ७ वडा अध्यक्ष संग भएको सम्झौता र बाकी रहेको वडा संग पनि आउने दिनमा सम्झौता गरिने डा. अंसारीले बताईन्। 

उनले अब सहर देखि गाउँसम्मका जनताले स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरे । सो अवसरमा अस्पतालका मार्केटिङ र एडमिसन डाइरेक्टर आबिद हुसेन, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]