बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

राति कारसँगै विष्णुमतीमा बगिरहेकी युवतीको यसरी गरियो उद्धार

बालासुन्दरी खबर बालासुन्दरी खबर असार १२, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
राति कारसँगै विष्णुमतीमा बगिरहेकी युवतीको यसरी गरियो उद्धार
Rampam
3D Education Lahan

काठमाडौँ - काठमाडौँको विष्णुमती खोलामा गएराति कारसहित खसेकी युवतीलाई उद्धार गरी बचाएको भिडिओ सार्वजनिक भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराति सवा १० बजेतिर टोखा नगरपालिका-८ स्थित बानियाँटार पुलनजिक कारसहित खोलामा बग्दै गरेकी महिलालाई नेपाल प्रहरी र स्थानीय नागरिकको साहसिक प्रयासले बचाउन सकिएको हो।

ग्रान्डी अस्पतालनजिकै विष्णुमती खोलामा युवतीसहित बा. प्र.०१-०३१ च ६१४१ नम्बरको कार बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तुरुन्तै खटिएको प्रहरी टोलीले स्थानीय नागरिकको समेत सहयोगमा ती युवतीलाई सकुशल उद्धार गरेको हो।

प्रहरीका अनुसार उनी दाङको तुलसीपुर घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीया भावना ओली हुन्। प्रहरीका अनुसार त्यो कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- १ घर भई हाल काठमाडौँको धुम्बाराई बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए। उनी भने कार विष्णुमती खोलामा खस्नासाथ गाडीबाट बाहिर निस्केका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार युवतीको उद्धार गर्ने क्रममा ३ प्रहरी र २ स्थानीय घाइते भएका छन्। उनको उद्धार गर्ने क्रममा तीन जना प्रहरी र दुईजना स्थानीय पनि घाइते भएका छन्’, एसपी बोहोराले बिहीबार बिहान भने उनीहरू सबै वसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचारपछि आज बिहान डिस्चार्ज भएका छन्।

प्रहरीका अनुसार बाढीले बगाएको कार बाँनियाटार पुलमा पुगेर अड्किएको थियो। त्यही मौकामा स्थानीय र प्रहरीले युवतीको उद्धार गरेका हुन्।

कार गएराति १२ बजेतिर क्रेनको सहायताले खोलाबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। एसपी बोहराका अनुसार उद्धारमा प्रहरी नायब उपरीक्षक निरन्जन थापाको कमान्डमा २० जना र विपद् व्यवस्थापन प्रहरी कार्यालयबाट २५ जना गरी ४५ प्रहरी खटिएका थिए।  

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]