बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

भगवानपुर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न कृषिलाई प्राथमिकता

बालासुन्दरी खबर बालासुन्दरी खबर असार १२, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
भगवानपुर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न कृषिलाई प्राथमिकता
Rampam
3D Education Lahan

घुरन यादव
सिरहा  - सिरहाको भगवानपुर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न भएको छ ।अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ४४ लाख ३१ हजार ९४७ रुपैयाँको बजेट विनियोजन गरिएको घोषणा गरिएको छ । गाउँ सभा अध्यक्ष उग्रनरायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव रहेका थिए। विशिष्ट अतिथिमा नेकपा एमाले सिरहा जिल्ला कमिटी अध्यक्ष अशोक यादव तथा अतिथिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले किसानहरूको राहत र प्रवर्द्धनका लागि गाउँपालिकाले निःशुल्क कृषि मिटरको बिल भुक्तानी गर्ने घोषणा गरे । साथै, गरिब, विपन्न र अपाङ्ग परिवारका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराइने बताए ।
गाउँसभाबाट पारित हुने गरी कृषि तथा पशुपालनमा संलग्न व्यवसायिक कृषकहरूलाई सेवा प्रदायक कार्यालयको सिफारिसमा पुरस्कृत गरिने, विद्यालयहरूमा सीसी क्यामेराको निगरानीमा पठनपाठन गराइने, कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिने, स्थानीय सडक पूर्वाधार सुधार गरिने, गाउँगाउँमा खानेपानीको व्यवस्था मिलाइने र २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन गरिने बताइएको छ ।
त्यस्तै, गाउँपालिकाभित्र रहेका सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासमा जोड दिइने र स्थानीय कला, साहित्य तथा पत्रकारितालाई माध्यम बनाएर प्रचार–प्रसार गरिने नीति गाउँसभामा प्रस्तुत गरिएको छ ।
गाउँसभामा प्रस्तुत प्रस्तावहरूमा सहभागी जनप्रतिनिधिहरू र सरोकारवालाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् । सभा समापन गर्दै अध्यक्ष यादवले प्रस्तावित योजनाहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । 
कार्यक्रममा उपाध्यक्ष रेखा यादव, वडाध्यक्षहरू रामकुमार यादव, अमरलाल यादव, बिनोद यादव, मिरा यादव, कार्यपालिका सदस्य कामेश्वर यादव, शिक्षा प्रमुख जिवछ यादव, स्वास्थ्य संयोजक विजय यादव, राजेन्द्र यादव, लक्ष्मण मण्डल लगायतको उपस्थिति रहेको थियो । 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]