बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

झन्डै दुई गुणा बढी स्थानीय तहले निर्धारित समयभित्र ल्याउन सकेन बजेट

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ११, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
झन्डै दुई गुणा बढी स्थानीय तहले निर्धारित समयभित्र ल्याउन सकेन बजेट
Rampam
3D Education Lahan

काठमाडौं । निर्धारित समयभित्र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्नेभन्दा नगर्ने स्थानीय तहको संख्या झन्डै दुई गुणा बढी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, देशका कुल ७५३ स्थानीय तहमध्ये २७८ स्थानीय तहले मात्र ०८२ असार १० गते आगामी आर्थिक वर्षको बजेट पेस गरेका छन् ।

बाँकी ४७५ स्थानीय तहले निर्धारित समयभित्र आगामी आर्थिक वर्षको बजेट पेस गर्न नसकेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

मन्त्रालयका अनुसार, कुल स्थानीय तहमध्ये हालसम्म ३६।९२ प्रतिशतले बजेट पेस गरेका छन् भने ६३।०८ प्रतिशतले बजेट पेस गर्न सकेका छैनन् ।

निर्धारित समयभित्र आगामी आर्थिक वर्षको बजेट पेस गर्ने स्थानीय तहभन्दा नगर्ने स्थानीय तहको संख्या १।७० गुणाले बढी छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) कार्यपालिकाबाट स्वीकृत गरी असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रस्तुत बजेट असार मसान्तभित्र नगरसभाबाट पारित गरिसक्नुपर्छ । कानुनमा असार १० गतेभित्र बजेट ल्याउने स्पष्ट व्यवस्थालाई देशका ४७५ स्थानीय तहले उल्लंघन गरेका छन् ।

कोसी प्रदेशमा १३७, मधेस प्रदेशमा १३६, वाग्मती प्रदेशमा ११९, गण्डकी प्रदेशमा ८५, लुम्बिनी प्रदेशमा १०९, कर्णाली प्रदेशमा ७९ र सुदूरपश्चिम प्रदेशमा ८८ वटा स्थानीय तह छन् ।

मन्त्रालयको पोर्टलमार्फत स्थानीय तहले प्रविष्ट गरेको विवरणको आधारमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्ने स्थानीय तहमा कोसी प्रदेशका ५१, मधेस प्रदेशका ३८, वाग्मती प्रदेशका ४६, गण्डकी प्रदेशका ४६, लुम्बिनी प्रदेशका ३१, कर्णाली प्रदेशका ३४ र सुदूरपश्चिम प्रदेशका ३२ छन् ।

यस्तै, निर्धारित समयभित्र आगामी आर्थिक वर्ष बजेट पेस गर्न असक्षम स्थानीय तहमा कोसी प्रदेशका ८६, मधेस प्रदेशका ९८, वाग्मती प्रदेशका ७३, गण्डकी प्रदेशका ३९, लुम्बिनी प्रदेशका ७८, कर्णाली प्रदेशका ४५ र सुदूरपश्चिम प्रदेशका ५६ स्थानीय तह छन् ।

प्रतिशतका हिसाबले कोसी प्रदेशका ६२.८ प्रतिशत, मधेस प्रदेशका ७२.१ प्रतिशत, वाग्मती प्रदेशका ६१.३ प्रतिशत, गण्डकी प्रदेशका ४५.९ प्रतिशत, लुम्बिनी प्रदेशका ७१.६ प्रतिशत, कर्णाली प्रदेशका ५७ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ६३.६ प्रतिशत स्थानीय तहले बजेट पेस गरेका छैनन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]