लहान - आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि आय व्ययसहितको अनुमानित बजेट गाउँ/नगर सभामा पेस गर्नैपर्ने कानुनी व्यवस्था भए पनि सिरहाको एक स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन।
जिल्लामा नौ गाउँपालिका र आठ नगरपालिका गरी १७ स्थानीय तहमध्ये जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिकाले नगरसभा गर्न नसक्दा आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, ०७४ मा उल्लेखित व्यवस्था बमोजिम १० असारमा गर्नैपर्ने नगरसभा नगर प्रमुख डा. नविनकुमार यादव अस्वस्थ्य रहेकाले आवश्यक तयारी नपुग्दा रोकिएको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद इद्रिस राइनले बताए ।
कुन स्थानीय तहको बजेट कति ?
- लहान नगरपालिका : १ अर्ब ६७ करोड ९५ लाख २८ हजार ६०१ रुपैयाँ
- गोलबजार नगरपालिका : ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँ
- मिर्चैया नगरपालिका : ७० करोड ११ लाख ७९ हजार ८४३ रुपैयाँ
- कर्जन्हा नगरपालिका : ४२ करोड ९१ लाख ११ हजार २७१ रुपैयाँ
- धनगढीमाई नगरपालिका : ६८ करोड ९ लाख ७४ हजार ८६६ रुपैयाँ
- सुखीपुर नगरपालिका : ६२ करोड ८६ लाख ९ हजार २२६ रुपैयाँ
- कल्याणपुर नगरपालिका : ५८ करोड ३१ लाख ३३ हजार ५०३ रुपैयाँ
- औरही गाउँपालिका : ४० करोड ८३ लाख ९ हजार १५ रुपैयाँ
- अर्नमा गाउँपालिका : ४९ करोड ९६ लाख रुपैयाँ
- नवराजपुर गाउँपालिका : ४३ करोड ८६ लाख ७५ हजार २०० रुपैयाँ
- भगवानपुर गाउँपालिका : ४८ करोड ४४ लाख ३१ हजार ९४७ रुपैयाँ
- लक्ष्मीपुर पतारी गाउँपालिका : ४३ करोड ३४ लाख ५१ हजार रुपैयाँ
- विष्णुपुर गाउँपालिका : ४३ करोड ९४ लाख ५१ हजार २५१ रुपैयाँ
- सखुवानन्कारकट्टी गाउँपालिका : ३७ करोड ४० लाख ४ हजार ३०२ रुपैयाँ
- नरहा गाउँपालिका : ३८ करोड ८६ लाख ९५ हजार रुपैयाँ
- बरियारपट्टी गाउँपालिका : ४५ करोड ६८ लाख ८१ हजार ९१८ रुपैयाँ




















