Showing 61-70 of 301 items.
  • कतारबाट राजदूत पौडेल स्वदेश फिर्ता कार्यवाहकको जिम्मेवारीमा कुमार राई

    रामएकवाल राम कतार। कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल गत विहिबार साँझ स्वदेश फिर्ता भएका छन। राजदूत फर्किएपछि दूतावासका नियोग उपप्रमुख कुमार राईले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेका छन्। राईले यसअघि पनि कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिसकेका छन। हालै परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन दिएको पछिल्लो निर्देशनसँगै पौडेल नेपाल फर्किएका हुन। पौडेलले सन् २०२४ को नोभेम्बर २२ मा कतारस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका थिए। करिब एक वर्षको कार्यकालपछि उनी

    पुरै पढ्नुहोस्
  • फिफा यु-१७ विश्वकप कतार: फ्यानजोनमा नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुति

    कतार ( दोहा) कार्तिक २० । कतारमा जारी फिफा यु-१७ विश्वकप र अरब कप फुटबल प्रतियोगिताको अवसरमा कतारको अस्पायर जोन स्थित फ्यानजोनमा सञ्चालन भइरहेको  नेपाली कलाकारहरूको प्रस्तुति अत्यन्तै सफल र मनमोहक बनेको छ। बिहिवार बेलुकी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) कतारको कला तथा सांस्कृतिक विभागको समन्वयमा तामाङ समाज कतारका कलाकारहरूले प्रस्तुत गरेको मौलिक तामाङ सेलो विशेष रूपमा रुचाइएको छ। कार्यक्रममा कलाकारहरु मिलन गुरुङ, रोहित बस्नेत, बिशाल नेपाली, शृष्टि लामा, सरिता वान्तवा र कुमारी तामाङले प्रस्तुत गरेका लोकनृत्य

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको केन्द्रीय सदस्यमा सिराहाका यादव र सल्लाहकारमा चौधरी चयन

    शियाराम यादवलहान , कार्तिक-२० ।जनता समाजवादी पार्टी (जसपा), नेपालको दुई दिने केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणको उद्देश्यसहित नयाँ नेतृत्व संरचना विस्तार गर्ने निर्णय गरेको छ।बैठकले सिरहा लहान–२ का चर्चित नेता सत्यनारायण यादवलाई केन्द्रीय समितिको सदस्यमा र लहान–१ का सक्रिय नेता खड्ग नारायण चौधरीलाई केन्द्रीय सल्लाहकार समितिको सदस्यमा चयन गरेको छ।यो निर्णय सर्वसम्मत रूपमा पारित गरिएको हो।पार्टीका नेताहरूले यस निर्णयलाई जसपाको संगठनात्मक बल वृद्धि गर्ने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्। यसबीच सिरहा जिल्लाका कार्यकर्ताहरूले दुवै नेता

    पुरै पढ्नुहोस्
  • राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

    रामएकवाल राम दोहा  । राष्ट्रपति रामचन्द्र पौडेलले आज कतारबाट स्वदेश प्रस्थान गरेका छन। कतारको राजधानी दोहामा आयोजित सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश प्रस्थान गरेका छन। राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सोमबार दोहा पुगेका थिए ।  उनलाई आज हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित अन्य उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।

    पुरै पढ्नुहोस्
  • राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय संग्रहालय र इस्लामिक कला संग्रहालयको भ्रमण

    रामएकवाल राम दोहा । सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन कतार भ्रमणमा रहनु भएका  राष्ट्रपति रामचन्द्र पौडेलले कतारको राष्ट्रिय सङ्ग्रहालय र इस्लामिक कला सङ्ग्रहालयको अवलोकन गरेका छन। बुधबार सङ्ग्रहालयका अधिकारीहरूले राष्ट्रपति पौडेललाई स्वागत गर्दै यहाँको बारेमा थप जानकारी दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन। मङ्गलबार देखि दोहामा शुरु भएको सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार कतार आएका हुन। कतारका अमिर शेख तमिम बिन

    पुरै पढ्नुहोस्
  • पाँच कुने तारा अरुले प्रयोग नगर्न जसपा नेपालको आग्रह

    काठमाडौ -  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,( जसपा)  नेपालले आफ्नो पार्टीको झण्डमा पाँच कुने तारा प्रयोग भएको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्न नहुने बताएको छ।  मंगलबार पार्टीका प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा रहेको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्ने भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।  ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठ

    पुरै पढ्नुहोस्
  • फागुन २१ को निर्वाचनलाई सफल बनाउन कतारबाट राष्ट्रपति पौडेलको आग्रह

    दोहा  । नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन लाई सफल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई आग्रह गरेका छन। कतारको दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा क्रममा सम्बोधन गर्दै उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताएको छ। युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएकाले संविधान र प्रणाली जोगाउन सकिएको पनि राष्ट्रपति पौडेलले बता

    पुरै पढ्नुहोस्
  • राष्ट्रपति पौडेल अगामी सोमबार कतार आउने

    रामएकवाल राम दोहा  ।  राष्ट्रपति रामचन्द्र पौडेल कार्तिक १७ गते कतार आउने भएको छ। अगामी कार्तिक १८ देखि २० सम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी कतार आउन लागेका हुन। कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन कतार आउन लागेका हुन संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । तीस वर्षपछि हुन लागेको सो सम्मेलनको महत्त्व र गरिम

    पुरै पढ्नुहोस्
  • देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको जसपा अध्यक्ष उपेन्द्र यादवको भनाइ

    शियाराम यादव , असोज २१ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्।लहानमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले देशको समृद्धि, राजनीतिक स्थायित्व र जनआकांक्षाको सम्बोधनका लागि अहिलेको शासन प्रणाली पर्याप्त नरहेको बताउनुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ प्रभावकारी बनाउन यसको पुनःसंरचना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।यादवले पार्टीले संघीयता, सुशासन र समाजवादको मार्गमा अघि बढ्ने

    पुरै पढ्नुहोस्
  • Gen Z पुस्ताका युवाहरू जसपा नेपालमा प्रवेश, उपेन्द्र यादवको हातबाट सदस्यता ग्रहण

    शियाराम यादव, असोज -२१ लहानमा आयोजित जनता समाजवादी पार्टी, नेपाल को पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा Gen Z पुस्ताका युवाहरू पनि औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका छन्।कार्यक्रमका प्रमुख अतिथि तथा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवको हातबाट युवाहरूले पार्टी सदस्यता ग्रहण गरेका हुन्। कार्यक्रममा सहभागी युवाहरूले जसपा नेपालको नीति, विचार र सुशासनप्रतिको प्रतिबद्धता प्रशंसा गर्दै आगामी दिनमा पार्टीलाई नयाँ ऊर्जासाथ अगाडि बढाउने संकल्प व्यक्त गरेका छन्।अध्यक्ष यादवले आफ्नो सम्बोधनमा जसपा नेपालले नयाँ पुस्ताको सोच, जोश र प्र

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित