शियाराम यादव ,मंसिर -२८

जनता समाजवादी पार्टी, नेपाल सिरहा जिल्ला समितिले मिति २०८२/०८/२७ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ तथा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ र १ ‘ख’ का समन्वय समितिहरू गठन गरेको छ।

जिल्ला समितिको निर्णयअनुसार गठित समितिहरूले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी राजनीतिक गतिविधिहरूलाई प्रभावकारी बनाउने उद्देश्य लिएको जनाइएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वेचन प्रसाद यादव संयोजक, रास लाल राय राजपूत सह–संयोजक, रामु महतो सचिव, राम कुमार यादव र कपलेश्वर यादव सदस्य चयन भएका छन्।

यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा शुभकलाल यादव संयोजक, विनोद कुमार गुप्ता सह–संयोजक, योगेन्द्र मेहता सचिव, गुलाब कुमारी महतो र वलदेव महतो सदस्य रहेका छन्।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ अन्तर्गत अनिरुध कुमार मण्डल संयोजक, शिवनारायण महतो सह–संयोजक, कविता कुमारी यादव सचिव, रामनारायण मुखिया र सनता पण्डित सदस्य चयन भएका छन्।

समिति गठनसँगै जसपा नेपाल लहान नगर अध्यक्ष राम उदगार महतोले नवगठित सम्पूर्ण समितिहरूलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनलाई अझ मजबुत बनाउँदै जनताको पक्षमा क्रियाशील हुन आग्रह गर्नुभएको छ।