बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जनता समाजवादी पार्टी सिरहा–१ मा संगठन विस्तार एवं निर्वाचन अभियान लहानमा सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर मंसिर १३, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जनता समाजवादी पार्टी सिरहा–१ मा संगठन विस्तार एवं निर्वाचन अभियान लहानमा सम्पन्न
Rampam
3D Education Lahan

शियाराम यादव ,मंसिर-१३

मिति २०८२ मंसिर १३ गते जनता समाजवादी पार्टी नेपाल, सिरहा क्षेत्र नम्बर १ द्वारा संगठन विस्तार, निर्वाचन अभियान सुदृढीकरण तथा पार्टीको नीति–रणनीति अभिवृद्धि सम्बन्धी विशेष बैठक लहानस्थित कुशवाहा धर्मशालामा सम्पन्न भयो। बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको संरचना मजबुत बनाउने, मतदाता अभिमुखी कार्यक्रम सञ्चालन गर्ने र वि‍कल्प राजनीतिक शक्तिका रूपमा जसपाको भूमिका प्रभावकारी बनाउन योजना बनाइएको थियो।

कार्यक्रमका प्रमुख अतिथी सिरहा क्षेत्र नं. १(ख) का प्रदेश सांसद राजु गुप्ता रहेका थिए। सो अवसरमा प्रदेश सभा सदस्य ललिता विद्रो, जसपा केन्द्र सदस्य सत्य नारायण यादव, जसपा जिल्ला समिति अध्यक्ष अशोक यादव, जसपा लहान नगर अध्यक्ष रामउदगार महतो, जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो, जसपा नेता परियाग लाल यादव, दिपेश यादव, नागेन्द्र यादव लगायत वडा समितिका अध्यक्षहरू, प्रदेश तथा केन्द्र सदस्यहरू, विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले पार्टीको संगठनलाई वडा तहदेखि प्रदेश तहसम्म सुदृढ बनाउँदै युवा, महिला र समुदायमा आधारित मतदाता समूहलाई सक्षम रूपमा जोड्ने योजना पारित गरेको बताइएको छ। साथै, निर्वाचन अभियान अन्तर्गत घर–घरमा पार्टीको मूल सोच, सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्रको विचारलाई जनस्तरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले जसपालाई राष्ट्रिय राजनीतिको शक्तिशाली विकल्पका रूपमा स्थापित गर्न एकीकृत रणनीतिका साथ अघि बढ्ने सहमति व्यक्त गरे। पार्टीलाई आणखी सशक्त, जनमुखी र मतदातामैत्री बनाउन सबैलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]