बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारबाट राजदूत पौडेल स्वदेश फिर्ता कार्यवाहकको जिम्मेवारीमा कुमार राई

बालासुन्दरी खबर बालासुन्दरी खबर कार्तिक २३, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारबाट राजदूत पौडेल स्वदेश फिर्ता कार्यवाहकको जिम्मेवारीमा कुमार राई
Rampam
3D Education Lahan

रामएकवाल राम
कतार। कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल गत विहिबार साँझ स्वदेश फिर्ता भएका छन। राजदूत फर्किएपछि दूतावासका नियोग उपप्रमुख कुमार राईले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेका छन्। राईले यसअघि पनि कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिसकेका छन।
हालै परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन दिएको पछिल्लो निर्देशनसँगै पौडेल नेपाल फर्किएका हुन।
पौडेलले सन् २०२४ को नोभेम्बर २२ मा कतारस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका थिए। करिब एक वर्षको कार्यकालपछि उनी नेपाल प्रस्थान गरेका हुन।
परराष्ट्र मन्त्रालयले गत सोमबार जारी गरेको पत्रमा कार्तिक १७ गतेको निर्णय अनुसार प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय निर्देशनका आधारमा राजदूतहरूलाई अर्को व्यवस्था नभएसम्म मन्त्रालयमा रही कामकाज गर्न नेपाल बोलाइएको उल्लेख छ।
नेपाल फर्किने तयारी भइरहेका बेला सर्वोच्च अदालतले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे पनि त्यसको भोलिपल्टै सरकारले पुनः राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो।
मन्त्रालयले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत ११ देशका राजदूतहरूलाई राजनीतिक नियुक्ति भन्दै फिर्ता बोलाएको हो।
नेपाल सरकारले हालका लागि नयाँ राजदूत तुरुन्तै नियुक्त नगर्ने निर्णय गरेको हुँदा दूतावासका नियमित कार्यहरू नियोग उपप्रमुख राईकै नेतृत्वमा सञ्चालन हुने भएका छन। राजदुत पौडेल कतार आउनु अघि पनि कार्यवाहकको भूमिका निर्वाह गरिसकेका राई आफूले पाएको जिम्मेवारी प्रति पूर्ण रुपमा विश्वस्त रहेको बताएका छन।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]