शियाराम यादव
लहान , कार्तिक-२० ।जनता समाजवादी पार्टी (जसपा), नेपालको दुई दिने केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणको उद्देश्यसहित नयाँ नेतृत्व संरचना विस्तार गर्ने निर्णय गरेको छ।
बैठकले सिरहा लहान–२ का चर्चित नेता सत्यनारायण यादवलाई केन्द्रीय समितिको सदस्यमा र लहान–१ का सक्रिय नेता खड्ग नारायण चौधरीलाई केन्द्रीय सल्लाहकार समितिको सदस्यमा चयन गरेको छ।यो निर्णय सर्वसम्मत रूपमा पारित गरिएको हो।
पार्टीका नेताहरूले यस निर्णयलाई जसपाको संगठनात्मक बल वृद्धि गर्ने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्। यसबीच सिरहा जिल्लाका कार्यकर्ताहरूले दुवै नेताको जिम्मेवारीप्रति खुशी व्यक्त गर्दै, उनीहरूको सक्रियताले पार्टीलाई स्थानीय र राष्ट्रिय स्तरमा अझ सबल र प्रभावशाली बनाउने विश्वास व्यक्त गरेका छन्।




















