बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

फिफा यु-१७ विश्वकप कतार: फ्यानजोनमा नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुति

बालासुन्दरी खबर बालासुन्दरी खबर कार्तिक २०, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
फिफा यु-१७ विश्वकप कतार: फ्यानजोनमा नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुति
Rampam
3D Education Lahan

कतार ( दोहा) कार्तिक २० । कतारमा जारी फिफा यु-१७ विश्वकप र अरब कप फुटबल प्रतियोगिताको अवसरमा कतारको अस्पायर जोन स्थित फ्यानजोनमा सञ्चालन भइरहेको  नेपाली कलाकारहरूको प्रस्तुति अत्यन्तै सफल र मनमोहक बनेको छ।
बिहिवार बेलुकी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) कतारको कला तथा सांस्कृतिक विभागको समन्वयमा तामाङ समाज कतारका कलाकारहरूले प्रस्तुत गरेको मौलिक तामाङ सेलो विशेष रूपमा रुचाइएको छ।
कार्यक्रममा कलाकारहरु मिलन गुरुङ, रोहित बस्नेत, बिशाल नेपाली, शृष्टि लामा, सरिता वान्तवा र कुमारी तामाङले प्रस्तुत गरेका लोकनृत्य र सेलो गीतमा दर्शकहरू उत्साहित बनेका थिए।
नेपाली टोलीको प्रस्तुति यति प्रभावशाली रह्यो कि नेपालसहित १७ देशका प्रवासी समुदायबीच नेपाली प्रस्तुति उत्कृष्ट ठहर गरिएको आयोजक पक्षले जनाएको छ।
उत्तम प्रदर्शनको कदरस्वरूप नेपाली टोलीलाई थप प्रस्तुतीका लागि अतिरिक्त समय प्रदान गरिएको थियो। फ्यान जोन व्यवस्थापनले अर्को दिनको प्रस्तुती तालिका पछि सार्वजनिक गर्ने जनाएको छ।
कार्यक्रमलाई सहजीकरण गरिरहेका एनआरएनए-एनसीसी कतारका प्रथम उपाध्यक्ष रोशन अर्यालले जानकारी दिँदै भने, “नेपाली कलाकारहरूको तामाङ सेलो प्रस्तुति दर्शकले अत्यन्तै मन पराए। त्यसैले आयोजकहरूले अर्को तालिकामा थप मौलिक नेपाली सांस्कृतिक प्रस्तुतीहरू समेत समावेश गर्न अनुरोध गरेका छन्।
एनआरएनए कतारका कला तथा सांस्कृतिक विभाग संयोजक ईशान रेग्मीले पनि यस प्रस्तुतीले नेपाली कला, संस्कृति र समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा चिनाएको बताए।
फ्यान जोनमा भएको यो प्रस्तुतीले नेपाली सांस्कृतिक विविधता र मौलिकतालाई विश्व मञ्चमा उजागर गरेको सहभागीहरूले धारणा व्यक्त गरे।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]