बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

एनसीसी कतार र क्युएसटी बीच ऐतिहासिक सीप विकास सम्बन्धि सम्झौता

बालासुन्दरी खबर बालासुन्दरी खबर मंसिर १, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
एनसीसी कतार र क्युएसटी बीच ऐतिहासिक सीप विकास सम्बन्धि सम्झौता
Rampam
3D Education Lahan

रामएकवाल राम

कतार , दोहा । गैरअवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसीसी कतार र क्युएसटी कतार बीच एउटा ऐतिहासिक सीप विकास सम्बन्धि  सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार संघ कतारद्वारा आयोजित Career Development & Training  कार्यक्रममा उल्लेखनीय सहभागिहरु बिच एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थी र क्युएस्टीकी मेनेजिङ डाइरेक्टर यसमिन नाजले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

कार्यक्रममा सहभागी भएकाहरु लाई कसरी प्रभावशाली बायोडाटा बनाउने, कुनै कामको लागि अन्तर्वार्तामा सहभागी हुँदा कसरी प्रस्तुत हुने र आफु काम गर्न जाने ठाउँको लागि हुनुपर्ने साधारण ज्ञान सम्बन्धि नि:शुल्क प्रेरणामुलक तालिम सङ्गै उनीहरुको सहजताका लागि स्न्याक्स ब्रेकको समेत व्यवस्था गरिएको थियो ।

प्रशिक्षकद्वयी उमेश महरा, गोपाल बस्यालले रोजगारी, सीप विकास तथा व्यक्तिगत प्रगतिको क्षेत्रमा प्रत्यक्ष प्रयोग हुने ज्ञान र मार्गदर्शन प्रदान गरे भने सहभागीहरू लाई आगामी यात्रामा अझ सक्षम, आत्म विश्वासी र प्रतिस्पर्धी बनाउन सकिने विश्वास व्यक्त गर्दै एनसीसी कतारले दुवै प्रशिक्षक प्रति विशेष कृतज्ञता प्रकट गरेको थियो ।

एनसीसी कतार र क्युएस्टी ट्रेडिङ एण्ड कन्सलटेन्सी कतार बिच भएको ऐतिहासिक सहकार्य सम्झौता पत्र अनुसार कतारमा रहेका नेपाली श्रमिक, पेशागत व्यक्ति तथा विद्यार्थीहरूका लागि धेरै निःशुल्क र छुट सहितका तालिमहरू प्रदान गरिने कुरा उल्लेख गरिएको छ । जसले नेपाली समुदायको सीप, योग्यता र अवसरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सम्झौता पत्रमा उल्लेख भए अनुसार प्रमाणपत्र सहित नि:शुल्क तालिमहरुमा २० जनालाई IOSH सुरक्षित रूपमा व्यवस्थापन (स्वास्थ्य र सुरक्षा), २० जनालाई खाद्य सुरक्षा HACCP लेवल दुई, १० जनालाई खाद्य सुरक्षा HACCP लेवल तिन, पाँच जनालाई हाईफिल्ड अप्रोभेट ट्रेन द ट्रेनर र वर्षभर तीन चरणमा ५० जना नेपाली सहभागीहरुका लागि निःशुल्क माइक्रो सफ्ट अफिस र डकुमेन्ट कन्ट्रोलर सम्बन्धि कम्प्युटर तालिमको कोर्स समावेश रहनेछन् ।

त्यस्तै त्रैमासिक निःशुल्क अवारनेस सिजनहरु दुवै संस्थाले प्रत्येक तीन महिनामा एकपटक समुदाय कल्याण, सामाजिक सचेतना, स्वास्थ्य तथा सुरक्षा र Heat Stress Awareness को साथै गर्मीको मौसममा श्रमिकहितमा लक्षित विशेष Heat Stress Awareness Campaign पनि निःशुल्क रूपमा सञ्चालन गरिनेछ भने छुटसहित प्रदान गरिने अतिरिक्त तालिमहरूमा HABC हाईफिल्ड इन्टरनेशनल युकेका सबै कोर्समा ५० प्रतिशत, OTHM UK योग्यताहरूमा १५ देखि २० प्रतिशत र PAQ UK योग्यताहरूमा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]