बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सर्वोच्चले दिएको परमादेशबाट नआत्तिन आफ्ना नेता-कार्यकर्तालाई जसपाको अपिल

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ ४, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सर्वोच्चले दिएको परमादेशबाट नआत्तिन आफ्ना नेता-कार्यकर्तालाई जसपाको अपिल
Rampam
3D Education Lahan

काठमाडौं  -  १९ वर्षअघिको गौर हत्याकाण्ड छानबिन अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशबाट नआत्तिन जनता समाजवादी पार्टी (जसपा), नेपालले आफ्ना नेता-कार्यकर्तालाई अपिल गरेको छ। १९ वर्षअघि अर्थात् २०६३ चैत ७ गते गौरमा २७ जनाको हत्या गरिएको घटना अनुसन्धान अघि बढाउने सर्वोच्चले यही भदौ २यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जसपाले बुधबार विज्ञप्ति जारी गरी आदेश वा अदालतविरुद्ध कुनै क्रियाकलाप वा गतिविधि नगर्न, नगराउन आफ्ना नेता-कार्यकर्तालाई आग्रह गरेको हो। 

‘२०६३ सालको त्यो दु:खद घटनाको सम्बन्धमा तत्कालीन सरकारले नै उच्चस्तरीय न्यायिक जाँचबुझ समिति गठन गरी सत्यतथ्य अभिलेखीकरण गरिसकेको, संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय मानव अधिकार आयोगका साथै नेपालस्थित संयुक्त राष्ट्र संघीय मिसन (यूएनएमआईएन) समेतले तत्कालकै अवस्थामा घटना वारदातको सम्बन्धमा आआफ्नो तर्फबाट स्वतन्त्र अनुसन्धान गरी सत्यतथ्यसहितको प्रतिवेदनसमेत सार्वजनिक गरिसकेको, यो राजनीतिक विषयमा राजनीतिक शक्तिहरूबाट नै समाधानको बाटो खोजिनुपर्ने हुँदाहुँदै आम सञ्चारमाध्यममा भनिएअनुसार यसमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको परमादेशको आदेशअनुसार पुनः निष्पक्ष, विश्वसनीय एवं वस्तुपरक रूपमा अनुसन्धान हुने भएमा पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेकोतर्फ आफ्नो अधिकार प्राप्तिका लागि सधैँ संघर्षरत रहँदै आउनुभएका सम्पूर्ण मधेसी अधिकारकर्मी, पार्टी पंक्ति, नेपाली दाजुभाइ, दिदीबहिनी तथा दलसँग आबद्ध नेता-कार्यकर्ता र शुभेच्छुक, शुभचिन्तकहरू सबैमा हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

सम्मानित सर्वोच्च अदालतबाट जारी भएको आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै विभिन्न सञ्चारमाध्यमबाट अपुष्ट रूपमा सम्प्रेषण गरिएको भ्रामक समाचारमा विश्वास गरी सम्मानित सर्वोच्च अदालतबाट जारी भएको आदेशको विरुद्धमा वा सम्मानित अदालतलाई लक्षित गरी कुनै प्रकारको क्रियाकलाप वा गतिविधि नगर्न, नगराउन तथा त्यस्तो कार्यमा सरिकसमेत नहुन हार्दिक अपिल समेत गर्न चाहन्छौँ।’

सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै जसपा र यसका अध्यक्ष यादवलाई लक्ष्य गरी आइरहेका समाचार पूर्वाग्रही, भाम्रक तथा सस्तो लोकप्रियताका लागि नियतवश सम्प्रेषण गरिएको आरोपसमेत उक्त पार्टीले लगाएको छ। 

जसपाका प्रवक्ता मनीषकुमार सुमनको हस्ताक्षरमा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको आदेशप्रति पूर्ण सहयोग गर्न माननीय अध्यक्ष श्री उपेन्द्रयादवज्यू तथा जनता समाजवादी पार्टी, नेपाल सदैव तयार रहँदारहँदै मधेस आन्दोलनलाई कमजोर पार्ने र अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयासस्वरूप आम सञ्चारमाध्यमबाट अतिरञ्जितपूर्ण रूपमा समाचार सम्प्रेषण गर्दै जनमानसमा भ्रममार्फत द्वन्द्वको सिर्जना गर्ने कार्य नगर्न आम सञ्चारमाध्यमहरूलाई समेत हार्दिक अपिल गर्न चाहन्छौँ।गते परमादेश दिएपछि तत्कालीन जनअधिकार फोरम (हाल जसपा) का अध्यक्ष उपेन्द्र यादवसहित १३० जनाविरुद्ध मुद्दा चल्न सक्ने सम्भावना देखिएको छ।

jasapa_71h5500i9z

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]