बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

स्मृति हरिजन चमार बनिन् डाक्टर

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ २७, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
स्मृति हरिजन चमार बनिन् डाक्टर
Rampam
3D Education Lahan

कपिलवस्तु - स्मृति हरिजन सानैदेखि लगनशील थिइन्, अनुशासित पनि । पढाइमा पनि उस्तै समर्पित । उनी कक्षामा सधैं पहिलो हुन्थिन् । राम्रो पढाइ भएका कारण डाक्टर बन्ने सपना देख्न थालिन् । तर परिवारको दयनीय आर्थिक अवस्थाका कारण डाक्टर बन्ने सपना पूरा हुँदैन कि भन्ने चिन्तामा हुन्थिन् । छोरीको सपना पूरा गर्न बुवा सन्तराम हरिजनले आफ्नातर्फबाट कुनै कसर बाँकी राखेनन् । अन्ततः स्मृति डाक्टर बनेकी छन् । 

नेपालमा चमार समुदायबाट सम्भवतः पहिलो महिला डाक्टर हुन्– स्मृति । चिकित्सा शिक्षामा स्नातक (एमबीबीएस) गरेकी उनले १२–१५ जेठमा सञ्चालित मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गरिन् । एउटा ज्यामी बुवाका लागि योभन्दा ठूलो खुसी के हुन सक्छ र स्मृतिका ६० वर्षीय बुवा सन्तराम भन्छन् ।

स्मृति कृष्णनगर नगरपालिका–९ बहादुरगन्जमा ५ कात्तिक २०५६ मा जन्मिएकी हुन् । उनका बुवा सन्तरामले एसएलसीपछि पढाइ अघि बढाउन सकेनन् । परिवारलाई दुई छाक जोहो गर्न पनि मुस्किल भएका कारण पढाइ छाड्नु उनको बाध्यता थियो । तर सन्तरामले अठोट गरे, मैले पढ्न नपाए पनि आफ्ना सन्तानलाई राम्ररी पढाउँछु ।

सन्तरामले आफू पढेकै बहादुरगन्जको श्रीराम गोरखा माविमा चारै छोराछोरीलाई भर्ना गरिदिएका थिए । जेठी रञ्जनाले कक्षा १० सम्म मात्रै पढिन् । माइली सिर्जना बेलायतमा एमबीए अध्ययन गरिरहेकी छन् । छोरा सन्दीप भारतको ओडिसास्थित प्रतिष्ठित प्राविधिक संस्थान एनआईटीमा ‘कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ’ पढिरहेका छन् । स्मृतिले भने ०७२ सालमा गाउँकै विद्यालयबाट ३.०५ जीपीएसहित एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि काठमाडौंको पेन्टागनबाट जीवविज्ञानमा ‘प्लस टु’ सकिन् ।

कक्षा १२ पछि धेरै साथी एमबीबीएस र इन्जिनियरिङ अध्ययनको तयारीमा जुट्दा स्मृति अन्योलमा थिइन् । पैसा तिरेर एमबीबीएस पढ्न सक्ने अवस्था थिएन । सन्तरामले चमार, डोम, मुसहर र बादी समुदायका विद्यार्थीका लागि एमबीबीएस र इन्जिनियरिङ अध्ययनमा विशेष छात्रवृत्ति रहेको थाहा पाए अनि राजधानी काठमाडौं गए । विश्वविद्यालय अनुदान आयोगबाट पहिला छात्रवृत्ति पाइसकेका विद्यार्थीलाई भेटेर बुझे । त्यसपछि बल्ल स्मृति प्रवेश परीक्षाको तयारीमा जुटिन् ।

२०७६ मा प्रवेश परीक्षामा उत्तीर्ण भएपछि छात्रवृत्तिको प्रक्रिया अघि बढ्यो । चमार समुदायबाट एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक्ली छात्रा भएका कारण स्मृतिले सहजै छात्रवृत्ति पाइन् । त्यसपछि उनले जानकी मेडिकल कलेज, जनकपुरमा एमबीबीएस पढिन् ।

छात्रवृत्ति पाए पनि छात्रावास पाठ्यपुस्तकलगायतका अध्ययन सामग्री, परीक्षा शुल्कमा आफ्नो खर्च हुन्थ्यो । छात्रावास शुल्क मात्रै वार्षिक एक लाख रुपैयाँ बुझाउनुपर्थ्यो । गाउँमा ६ कट्ठा जमिन मात्र थियो । त्यही जग्गा धितो राखेर सन्तरामले ऋण लिए । ज्यालामजदुरी गरेर, गहना बेचेर, थप ऋण काढेर खर्च जुटाउँदै गए । ‘इष्टमित्रबाट ऋण लिएको छु,’ सन्तराम भन्छन्, ‘छोराछोरी पढाउँदा लिएको ऋण २० लाख रुपैयाँ छ ।

स्मृति आफू डाक्टर बन्नुको श्रेय बुवालाई दिन्छिन् । हाम्रो समुदायमा कक्षा ८ उत्तीर्ण गर्नु पनि असाध्यै कठिन छ,’ स्मृतिले भनिन्, माथिल्लो कक्षामा पढ्न लागेपछि रोक्ने प्रयास हुन्छ । तर बुवाले समाजको कुरा वास्ता नगरी हामीलाई पढाउनुभयो । हाम्रो भविष्य र खुसीका लागि बुवाले ठूलो संघर्ष गर्नुभयो । आज चमार समुदायबाट पहिलो महिला डाक्टरका रूपमा चिनिन पाउँदा उत्साहित छु, भावुक पनि बनेकी छु ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]