बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

विष्णुपुरमा दलित बस्तीको बाटो नै छेकेर मन्दिरमा पर्खाल

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ २०, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
विष्णुपुरमा दलित बस्तीको बाटो नै छेकेर मन्दिरमा पर्खाल
Rampam
3D Education Lahan

सिरहा -  सिरहाको विष्णुपुर गाउँपालिका–४ स्थित थलहामा दलित बस्तीको बाटो नै छेकेर मन्दिरमा पर्खाल लगाउने काम भइरहेको पाइएको छ । गाउँमा रहेको दुर्गा मन्दिरमा छेउकै दलित बस्तीको आवागमन नै अवरुद्ध हुने गरी पर्खाल लगाउने काम भइरहेको हो ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ५० लाख बजेटमा पर्यटन विकास कार्यालय, लहानबाट उपभोक्ता समितिमार्फत दुर्गा मन्दिरमा कम्पाउन्ड वाल तथा गेट निर्माण भइरहेको छ । उपभोक्ता समिति अध्यक्ष वीरेन्द्र यादवका अनुसार डेढ सातादेखि यो काम भइरहेको छ ।

दलित बस्ती र मन्दिरको बीचमा फराकिलो बाटो थियो । यही बाटो भएर यस बस्तीका बासिन्दा आउजाउ गर्दै आएका थिए । तर, यो बाटोको बीच भागबाटै निकै साँघुरो हुने गरी ६ फिट जग्गा मात्रै छाडेर मन्दिरको पर्खाल निर्माण गरिँदैछ ।

यस्तै, दुर्गा मन्दिरको पश्चिम छेउतर्फ चौधरी महरा र रामएकवाल महराको घर छ । यो बस्तीको मूल बोटामा जान उनीहरूको घरअगाडिको बाटो हुँदै जानुपर्छ । तर, मन्दिरको पर्खाल हालिएको ठाउँदेखि घरसम्मको जग्गा रामएकवालले नै भोगचलन गर्दै आएका छन् । उक्त जग्गा आफ्नो निजी रहेको उनको दाबी छ ।

मेरो घरअगाडिको जग्गा मेरो निजी हो, सार्वजनिक जग्गामा पर्खाल लगाउने र निजी जग्गाबाट बाटो दिने कुरा भएन, यो त गाउँका अगुवाहरूले आफैं सोच्नुपर्ने हो उनले भने, हामीलाई गरिब दलित भनेर यहाँ हेप्ने काम भएको छ ।

यहाँ १० घर चमार समुदायका परिवार बसोबास गर्छन् । यसमध्ये खासगरी ६ दलित घर–परिवार पूर्ण रूपमा प्रभावित बनेका छन् । मन्दिरको पर्खाल बनिसकेपछि स्थानीय रामशंकर महरा, शिवु महरा, शिवराम महरा, जयनन्द महरा, सञ्जय महरा र बुधराम महराको घरबाट अर्को बाटोमा निस्किने बाटो नै बन्द हुनेछ ।

जेठ १३ मा पर्खाल निर्माणका लागि खाल्डो खन्ने क्रममा त्यहाँका दलित समुदायले रोक्ने प्रयास गरेका थिए । तर, प्रहरी लगाएर आफूहरूलाई रोक्ने काम भएको स्थानीय अरुण महराले बताए ।

यहाँका ठूला भनाउँदाहरूले मनलाग्दी गर्न खोजेपछि हामीले रोक्ने प्रयास गर्यौं, तर प्रहरी बोलाएर जबर्जस्ती खाल्डो खनियो, उनले भने जति गुहारे पनि हामी गरिब दुखियाको कुरा कसैले सुनेन ।

आफूहरूलाई अछुत भनेर हेपेरै मन्दिरमा यसरी पर्खाल लगाउने कार्य भइरहेको स्थानीय कविता महराको दुखेसो छ । हामी दलित त्यसै कमजोर छौं त्यसैले हामीसँग यस्तो गरिँदैछ उनले सुनाइन  दलित कमजोर नभएको भए सायद आज यस्तो दिन आउने थिएन ।

पर्खाल लगाउने कामका अगुवामध्येका स्थानीय ७० वर्षीय भोगेन्ऽ साहले दलित परिवारले जथाभावी फोहोर गर्ने गरेकाले पर्खाल लगाएर मन्दिर संरक्षण गर्न लागेको तर्क गरे । वडाध्यक्ष रामबाबु यादवले भने मन्दिरको जग्गा नापनक्सा गरेरै पर्खाल निर्माण भइरहेको बताए ।

त्यहाँ गाउँब्लकको मन्दिरको ६–७ फिट जग्गा रहेको र १२ फिटसम्मको बाटो बन्न सक्ने उनको भनाइ छ । तर, मन्दिरको पश्चिम छेउको बाटोको समस्याका विषयमा भने उनले स्पष्ट जवाफ दिन सकेनन् । बाटो नै ब्लक भयो नि भन्ने प्रश्नमा उनले ‘बिस्तारै समस्या समाधान गर्ने’ बताए ।By:- Kantipur 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]