बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जोखिमको यात्रामा समर्पित कलम: पत्रकार गणेश विक सम्मानित

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १८, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जोखिमको यात्रामा समर्पित कलम: पत्रकार गणेश विक सम्मानित
Rampam
3D Education Lahan

काठमाडौं । सत्यको खोजीमा लागेका थुप्रै पत्रकारहरू छन्।  तर तीमध्ये केहीले मात्रै ‘जोखिम’लाई आफ्नो दैनिकी बनाउँछन्। उनीहरूले कलमको माध्यमबाट देशको पीडा छताछुल्ल पार्छन् । र अव्यवस्था र अन्यायका विरुद्ध मौनता तोड्छन्। यस्ता विरल पत्रकारहरूमध्ये एक हुन् गणेश विक। उनीलाई कागेश्वरी मनोहरा (मुलपानी) महोत्सव–२०८२ मा विशेष सम्मान प्रदान गरिएको छ । जोखिम पत्रकारितामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै कागेश्वरी मनोहरा (मुलपानी) महोत्सव–२०८२ को अवसरमा पत्रकार विकलाई आर्या मिडिया हाउसको आयोजनामा तथा संयुत्त मेला महोत्सव ग्रुप प्रा.लि.को व्यवस्थापनमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो।

यो सम्मान कुनै पदक होइन, यो हो एउटा संघर्षशील आत्माको पहिचान। यो हो आवाजविहीनको आवाज बन्ने संकल्पको कदर।

सामाजिक न्यायको मोर्चामा कलम : विकको पत्रकारिता यात्रा

सुदुपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर-४ गाेलाईमा विसं २०५३ साल असार १४ गते पिता हरि कामी र माता डल्लीदेवी कामीको जेष्ठ सुपुत्रका रूपमा जन्मिएका विकको बाल्यकाल सामान्य गाउँले परिवेशमा बित्यो।

विकट गाउँबाट काठमाडौंको कोलाहलसम्म आइपुगेका पत्रकार गणेश विकको यात्रा केवल भौगोलिक उचाइ मात्र होइन । यो सामाजिक जिम्मेवारी र निर्भीकताको यात्रासमेत हो। सन् २०७० देखि अपराध र अनुसन्धान `जाेखिम´ पत्रकारितामा लागेका विकले जीवनको सुरुवात नै रेडियो स्टुडियोबाट गरेका थिए। त्यहीँबाट उनले कलमको बलमा न्यायको माग गर्न सिके।

विकले न त ठूलो मिडिया हाउस पाए, न त कुनै संस्थागत संरक्षण। उनले आफ्नै हिम्मत, विवेक र दृढतामा भरोसा गरे। सत्ताको आडमा लुकाइएका अपराध, शोषण र भ्रष्टाचार उजागर गर्न उनले अनेकौं कानुनी र व्यक्तिगत जोखिम मोले। तर उनी पछि हटेनन्।

सत्यका निम्ति खतरा उठाउँदै : कहालीलाग्दा क्षणहरू

उनको पत्रकारिताले न्याय दिलाएको थुप्रै घटना छन्। तर त्यसको मूल्य उनले चुकाएका छन् । कहिले धम्की, कहिले कुटाइ, कहिले मुद्दा, त कहिले चरित्रहत्या।

२०७५ मा लागूऔषध कारोबारमा संलग्न प्रहरी कर्मचारीमाथिको समाचार प्रकाशनपछि विकलाई पक्राउ गरेर बझाङबाट रातारात प्रहरीको निगरानीमा राखियो काठमाडौंकाे टेकुमा ।२०७९ मा एक शक्तिशाली काङ्ग्रेस नेताको ‘हनी ट्र्याप’ काण्ड उजागर गरेपछि उनलाई बदनाम गर्ने अभियान सञ्चालन गरियो।

२०८० मा समाजवादी पार्टीको एक नेतासँग सम्बन्धित गोप्य भिडियो प्रकरणको अनुसन्धान गर्दा विकमाथि साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गरियो।काठमाडौँको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड सहकारी संस्थामा करोडौं आर्थिक अनियमितता चलखेलमा संलग्नहरूबाट प्रत्यक्ष ज्यान मार्ने धम्की आइपुग्यो र गाली बेईज्ती मुद्दासमेत दायर भयाे।

यस्ता घटनाहरूले विकलाई झन बलियो बनायाे । 

खप्तडटिभी’: ग्रामीण पीडाको राष्ट्रिय ऐना

विक नेतृत्वमा सञ्चालित ‘खप्तडटिभी’ केवल समाचार दिने मिडिया होइन । यो त जनताको नसुनिएको आवाज हो। सुदूरपश्चिमका बस्तीहरू, जहाँ माइक पुग्दैन, त्यहाँ खप्तडटिभी पुग्छ। यो टिभीमा सुविधा छैन, तर सच्चाइ छ। ठूलो भवन छैन, तर समर्पित मनहरू छन्।

खप्तडटिभीले यस्ता कैयौं रिपोर्टहरू तयार पारेको छ, जसलेबालबालिकामाथिको यौन शोषण, विद्यालयमा हुने सत्ता दुरुपयोग, दुरदराजका गाउँमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको चरम अभाव, दलित र महिला माथिको विभेद, आदि गम्भीर विषयहरू उजागर गर्दै राज्यलाई जवाफदेही बनाएको छ।

सम्मान: सत्यको पक्षमा कलम चलाउनेहरूप्रति समाजको नमस्कार

मुलपानी महोत्सवमा प्रदान गरिएको सम्मान केवल व्यक्तिगत उपलब्धि होइन । यो हो सत्य र साहसप्रति समाजको सम्मान। विकलाई यस्तो समयमा सम्मान गरिएको हो । जब निष्पक्ष पत्रकारिता आफैँ संकटमा छ। जब पत्रकारहरू थुनिन्छन्, जब कलम झूटको भारमा झुकेको देखिन्छ । त्यस्तो समयमा विकजस्ता व्यक्तिलाई अगाडि ल्याउनु एउटा प्रेरणा हो।

विकले सम्मान ग्रहण गर्दै भनेका शब्दहरू हरेक पत्रकारको हृदयमा गुञ्जिन लायक छन् , "मैले कलमलाई कुनै पनि गुट, दल वा स्वार्थ समूहको तरबार बन्न दिएको छैन। मेरो कलम पीडितको हातमा न्याय खोज्ने मशाल बनेको छ।"

उज्यालोको आशा : भविष्यको बाटो

गणेश विक अब ‘खप्तडटिभी’लाई सुदूरपश्चिमका गाउँहरू मात्र होइन, राष्ट्रिय स्तरको गम्भीर पत्रकारिता मंच बनाउने योजना बनाएर अघि बढिरहेका छन्। युवाहरूलाई अनुसन्धान पत्रकारितामा आकर्षित गर्ने अभियान पनि सुरु गर्दै छन्।उनको सपना हो, पत्रकारिता व्यवसाय नभई जिम्मेवारी हो भन्ने मान्यता पुनःस्थापना गर्नु।

c9d87e48-9717-4203-b48c-f5475af24520 1

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]