बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank

सिराहाको स्थानीय तहमा एकै वर्षमा ७८ करोड बेरुजु

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ८, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिराहाको स्थानीय तहमा एकै वर्षमा ७८ करोड बेरुजु
Rampam
3D Education Lahan

सिरहा - सिरहाका स्थानीय तहमा एकै वर्षमा ७८ करोडबढी रकम बेरुजु कायम भएको छ। महालेखा परीक्षकको कार्यालयले २०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा एकै वर्ष सिरहाका स्थानीय तहमा यति ठूलो मात्रामा बेरुजु देखाएको हो।

सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी जम्मा १७ वटा स्थानीय तह छन् । ती सबै पालिकाको कुल २ हजार १ सय ९५ करोड ८६ लाख ४६ हजार रकमको लेखा परीक्षण गर्दा ७८ करोड ४ लाख ४९ हजार रुपैयाँ बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

कुन स्थानीय तहको कति बेरुजु ?

महालेखा प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०/८१ म सबैभन्दा बढी बेरुजु सिरहा नगरपालिकामा देखिएको छ । सिरहा नगरपालिकाको २ सय ६३ करोड ३५ लाख ८७ हजार रकमको लेखा परीक्षण गर्दा १३ करोड २२ लाख ६३ हजार रुपैयाँ बेरुजु कामय भएको छ ।

विष्णुपुर गाउँपालिका दोश्रो नम्बरमा छ । यहाँ ८४ करोड ६३ लाख ९१ हजारको लेखा परीक्षण गर्दा १२ करोड १२ लाख ६८ हजार रकम बेरुजु रहेको महालेखाको प्रतिवेदन छ। कर्जन्हा नगरपालिकामा १ सय १२ करोड ४६ लाख २४ को लेखा परीक्षण हुँदा ९ करोड ३९ लाख ३३ हजार बेरुजु पाइएको छ ।

नरहा गाउँपालिकामा ७४ करोड ४२ लाख ६८ हजारको लेखा परीक्षण हुँदा ७ करोड ९४ लाख ९२ हजार, सुखीपुर नगरपालिकामा ९७ करोड ८७ लाख ५२ हजारको लेखा परीक्षण हुँदा ५ करोड ७५ लाख १७ हजार बेरुजु देखिएको महालेखा प्रतिवेदनमा छ।

यस्तै, सखुवानन्कारकट्टी गाउँपालिकामा ८२ करोड ८७ लाख ५ हजारको लेखा परीक्षण गर्दा ४ करोड ६४ लाख ७९ हजार बेरुजु पाइएको छ । औरही गाउँपालिकामा ९३ करोड ७४ लाख ५९ हजार परीक्षण हुँदा ४ करोड २५ लाख ७४ हजार बेरुजु देखिएको छ ।

गोलबजार नगरपालिकामा १ सय ९६ करोड ४२ लाख ४६ हजारको लेखा परीक्षण हुँदा ३ करोड ८० लाख २ हजार रुपैयाँ बेरुजु छ । मिर्चैया नगरपालिकामा १ सय ६४ करोड २६ लाख ३० हजारको लेखा परीक्षण हुँदा २ करोड ९५ लाख ८४ हजार बेरुजु देखिएको छ ।

यसैगरी, भगवानपुर गाउँपालिकामा ८० करोड ४५ लाख ४१ हजारको लेखा परीक्षण हुँदा २ करोड ७१ लाख ७३ हजार बेरुजु पाइएको छ भने धनगढीमाई नगरपालिकामा १ सय ५२ करोड २६ लाख २५ हजारको लेखा परीक्षण हुँदा २ करोड ५७ लाख ९९ हजार रुपैयाँ बेरुजु रहेको पाइएको छ।

लहान नगरपालिकामा २ सय ७२ करोड २७ लाख ९६ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड १४ लाख १९ हजार बेरुजु देखिएको महालेखाले जनाएको छ । नवराजपुर गाउँपालिकामा ७९ करोड १७ लाख ६९ हजारमा १ करोड ४७ लाख १४ हजार, लक्ष्मीपुर पतारी गाउँपालिकामा १ सय १ करोड ८३ लाख २१ हजारमा १ करोड ३९ लाख ५४ हजार बेरुजु पाइएको छ ।

अर्नमा गाउँपालिकामा ९२ करोड ९५ लाख ८५ हजार रुपैयाँको लेखा परीक्षण हुँदा १ करोड ३८ लाख ८९ हजार बेरुजु देखिएको छ । बरियारपट्टी गाउँपालिकामा ९४ करोड १ लाख ३८ हजारमा १ करोड २४ लाख ५९ हजार रुपैयाँ बेरुजु रहेको छ।

जिल्लामा सबैभन्दा कम बेरुजु भने कल्याणपुर नगरपालिकामा देखिएको छ । महालेखा प्रतिवेदन अनुसार, यो नगरपालिकामा १ सय ५२ करोड ८२ लाख ९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ९९ लाख ३० हजार बेरुजु रकम छ ।सभार:- कान्तिपुरबाट

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]