बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

भूमि सम्बन्धि विधेयक सुकुम्बासी समस्या समाधान होइन, भूमाफियाको हितमा: उपेन्द्र यादव

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ६, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
भूमि सम्बन्धि विधेयक सुकुम्बासी समस्या समाधान होइन, भूमाफियाको हितमा: उपेन्द्र यादव
Rampam
3D Education Lahan

काठमाडौं - जनता समाजवादी पार्टी  ( जसपा) नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सरकारले संसदमा प्रस्तुत गरेको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई गम्भीर आपत्ति जनाउँदै सो विधेयक सुकुम्बासी समस्या समाधानको नाममा भूमाफिया र जग्गा दलालको हितमा ल्याइएको आरोप लगाउनु भएको छ ।

उहाँले फेसबुकमा प्रेसनोट सार्वजनिक गर्दै उक्त विधेयकले सुकुम्बासी समस्या समाधान गर्न नसक्ने दाबी गर्नुभएको छ । यसबाट घरजग्गा व्यवसायी, भूमाफिया तथा जग्गा दलाललाई विशेष लाभ पुग्नेछ,यादवले भन्नुभएको छ। यो विधेयक देश र जनताको हितमा छैन।

अध्यक्ष यादवका अनुसार विधेयकबाट भूमि अतिक्रमण बढ्ने, वन विनाश हुने र पर्यावरणीय संकट गहिरिँदै जाने खतरा छ । विशेष गरी चुरे क्षेत्रमा अतिक्रमण बढ्दा तराई–मधेश मरुभूमिकरणतर्फ उन्मुख हुने चेतावनी उहाँले दिनुभएको छ । आन्तरिक आप्रवासन बढ्ने र जनसंख्याको सन्तुलनसमेत विग्रने सम्भावना छ, जसले स्थिति विस्फोटक बनाउन सक्छ उहाँले भन्नुभयो ।

संविधानविपरीतको विधेयक

संविधानको अनुसूची ६ लाई उद्धृत गर्दै अध्यक्ष यादवले भूमि व्यवस्थापन र जग्गाको अभिलेख प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने स्पष्ट उल्लेख गर्नुभएको छ ।

भूमिसम्बन्धी ऐन बनाउने अधिकार संविधानले संघलाई होइन, प्रदेश सरकारलाई दिएको छ  उहाँले भन्नुभयो । यस्तो संवैधानिक अधिकारमाथि संघीय सरकारको हस्तक्षेप संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भएको आरोप उहाँको छ ।

यो विधेयक संविधानको घोर उल्लंघन हो  अध्यक्ष यादवले भन्नुभयो सरकारले भूमाफियाको खेलमा लागेर राष्ट्रघाती र संविधान विरोधी कार्य गरेको छ, जसको म घोर विरोध र भर्त्सना गर्दछु।

अध्यक्ष उपेन्द्र यादवले उक्त विधेयक तत्काल फिर्ता लिन सरकारलाई माग गर्दै जनताको हकहितविपरीतका यस्ता कार्यहरू सह्य नहुने चेतावनी समेत दिनुभएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]