बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank

जसपा पर्सामा ठूलो झटका साह र गुप्ताले दिए राजीनामा

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ४, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा पर्सामा ठूलो झटका साह र गुप्ताले दिए राजीनामा
Rampam
3D Education Lahan

वीरगंज ४ जेष्ठ। जनता समाजवादी पार्टी (जसपा), पर्सामा नेतृत्व तहका दुई महत्वपूर्ण व्यक्तित्वले एकैसाथ पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्, जसले स्थानीय राजनीतिमा गम्भीर चर्चा र विश्लेषण निम्त्याएको छ।वडा नं. १० का इकाई अध्यक्ष जोगेन्द्र प्रसाद साह कानु र नगर उपाध्यक्ष लखन लाल गुप्ता दुबैले पार्टीको सम्पूर्ण जिम्मेवारी र सदस्यताबाट अलग हुने निर्णय गरेका छन्। जोगेन्द्र प्रसाद साह कानुले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन्, उनले वडा अध्यक्षका रूपमा स्थानीय तहदेखि संघीय निर्वाचनसम्मको पार्टी जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए। उनले २०७४ को निर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई विजयी गराउन निर्णायक भूमिका खेलेको दाबी गरेका छन्। तर, पछिल्लो समय पार्टीमा देखिएको कार्यशैली, समन्वय अभाव तथा नेताहरूको योगदानप्रति उचित सम्मान नदेखिएको भन्दै उनले अब जनता समाजवादी पार्टीसँग कुनै पनि सम्बन्ध नराख्ने स्पष्ट रूपमा घोषणा गरेका छन्।

१७ वर्षदेखि पार्टीको विचार, नीति र आन्दोलनमा समर्पित गुप्ताले नगर उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। तर हाल उनले पार्टीको कार्य सञ्चालनमा सक्रिय रहन नसकेको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी र सदस्यता त्यागेका छन्। गुप्ताले आफ्नो राजीनामा पार्टीको केन्द्रीय कार्य समिति, मधेश प्रदेश समिति, जिल्ला समिति, र नगर समितिमा बोधार्थ पठाएका छन्। जसपाका यी दुई पुराना र प्रभावशाली नेताको एकैपटक राजीनामा आउनुले पार्टीको आन्तरिक व्यवस्थापनप्रति प्रश्न उठाएको छ। स्थानीय तहमा पार्टीको सांगठनिक संरचना र आगामी रणनीतिमा यसको असर पर्ने प्रक्षेपण गरिएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]