बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

धीरेन्द्र प्रेमर्षिको अनुवादमा विद्यापतिको ‘पुरुष परीक्षा’ सार्वजनिक

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २९, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
धीरेन्द्र प्रेमर्षिको अनुवादमा विद्यापतिको ‘पुरुष परीक्षा’ सार्वजनिक
Rampam
3D Education Lahan

काठमाडौं। साहित्कार तथा संचारकर्मी धीरेन्द्र प्रेमर्षिको अनुवाद र सम्पादनमा पन्ध्रौँ शताब्दीका साहित्यकार महाकवि विद्यापतिको एकमात्र कथासङ्ग्रह ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद सार्वजनिक भएको हो ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा काठमाडौँको पाठशाला नेपालमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, प्रतिष्ठानकी अध्यक्ष मोमिला, अनुवादक प्रेमर्षि स्वयं तथा अन्य अतिथिहरूले उक्त कृतिको विमोचन गरेका हुन् । चौँवालीस कथको यस सङ्ग्रहलाई अम्बर प्रकाशनले बजारमा ल्याएको हो ।

कृतिमाथि आफ्नो मन्तव्य राख्दै भाषाविद् तथा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति रामावतार यादवले प्रेमर्षिको अनुवाद प्राञ्जल गरेको टिप्पणी गरे । मैथिली र अङ्ग्रेजी भाषाका ज्ञाता प्राध्यापक यादवले विद्यापतिलाई रवीन्द्रनाथ ठाकुरका पनि प्रेरणाका श्रोत भन्दै उनी मिथिलाको सर्वश्रेष्ठ प्रतिभा भएको बताए । यद्यपि उनले विद्यापतिका कथामा ब्राह्मण र महिलाकोको चित्रण अलि नकारात्मक भएको पक्ष भने आफूलाई खड्किएको बताए ।

प्रमुख वक्ताको रूपमा बोल्दै समालोचक महेश पौड्यालले विद्यपतिको कथा उत्कृष्ट व्यक्तित्वको निर्माणका सम्पूर्ण आधारविन्दुहरूको पुञ्ज भएको बताए । उनले भने, ‘विद्यापतिले कल्पना गरेका जस्ता प्रजावत्सल र त्यागी नेता, कर्तव्यनिष्ठ कर्मचारी र देशभक्त जनता हुनु हो भने देशको स्थिति बेग्दै हन्छ ।’ उनले मौलिक रचनकै भाँतीमा आएको भन्दै अनुवादक प्रेमर्षिको कार्यको प्रशंसा गरे । उनले पन्ध्रौँ शताब्दीका विद्यापितको आलोचना आजको सैद्धान्तिक आधारमा गर्दा उनीप्रति न्यान नहुने पनि बताए ।

प्रमुख अतिथि प्रधानमन्त्री केपी ओलीले विद्यापतिका राचनामा राजनीतिज्ञका लागि मनन गर्नुपर्ने धेरै कुरा रहेको बताए । आफूले विविध प्रसङ्गमा विद्यापतिका गीतको उल्लेख राजनीतिक व्याख्याका लागि गरेको स्मरण गर्दै पूर्वप्रधानमन्धत्री ओलीले विद्यापतिका कथामा तत्कालीन समाजको चरित्र, मूल्य र मान्यतालाई जनमानसका समक्ष राखेको टिप्पणी गरे ।

उनले नेपालको भूमि अनेक ज्ञान, विज्ञान, सिद्धान्त र दर्शनको उद्भव भूमि भएको भन्दै यसै भूमिले विद्यापतिजस्तो महान् सर्जक र चिन्तकलाई जन्म दिनु हामी सबैका लागि गौरवको विषय भएको बताए ।अर्का अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यापतिका कथा धेरै दृष्टिले प्रेरक र मार्गदर्शक रहेको बताए । विद्यापतिका कथामा राजनैतिक सहिष्णुता र वस्तुनिष्ठताको पनि ज्ञान रहेको भन्दै आजका राजनीतिज्ञले पनि पूर्वाग्रह छोडेर वस्तुनिष्ठ हुन सके धेरै कुराको समाधान निस्कन सक्ने टिप्पणी गरे ।

अतिथिको रूपमा बोल्दै प्रतिष्ठनका प्रमुख संरक्षक डा. विमल कोइरालाले विद्यापतिका कथा नेपालीमा अनुवाद भएर आउनु अति हर्षको विषय भएको बताए । आफू मिथिलामा कार्यरत् रहँदैदेखि विद्यापतिको कृतित्वबाट परिचित भएको भन्दै उनले विद्यापति जातभात र लिङ्गभेदभन्दा माथिका चिन्तन भएको टिप्पणी गरे । अनुवादक प्रेमर्षिले आफूले मूल संस्कृतबाट नभई, मैथिली र अङ्ग्रेजी स्रोतबाट यस कृतिको अनुवाद गरेको बताए ।

समापतिको आसनबाट बोल्दै प्रतिष्ठानकी अध्यक्ष मोमिलाले प्रेमर्षिको स्तुत्य कार्यलाई आफ्नो संस्थाले सार्वजनिक गर्न पाउृँदा आफू हर्षित भएको बताइन् । आगामि दिनमा पनि अनुवादका कार्यलाई प्रश्रय दिँदै लाने उनले नेतृत्व गरेको प्रतिष्ठानको अभिष्ट रहेको पनि जानकारी दिइन् ।

प्रा.डा गोविन्दराज भट्टराई तथा प्रा. डा. उषा ठाकुरजस्ता अनुवादका विशेषज्ञ उपस्थित उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष, कवि राजेश्वर कार्कीले प्रतिष्ठानको लक्ष्य, उद्देश्य, प्रयास र प्राप्तिको परचित दिएका थिए । पाठशाला नेपाल तथा सिन्नुपानी नेपालले संयोजन गरेको उक्त कार्यक्रमको सञ्चालन लोकप्रिय सञ्चारकर्मी टीकाराम यात्रीले गरेका थिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]