बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपा नेपालको ४१ सदस्यीय केन्द्रीय परिसंघ गठन

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ३०, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा नेपालको ४१ सदस्यीय केन्द्रीय परिसंघ गठन
Rampam
3D Education Lahan

काठमाडौँ ।  जनता समाजवादी पार्टी, नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न भन्दै केन्द्रीय परिसंघ गठन गरेको छ।

थारु, महिला, दलित, आदिवासी जनजाती, पिछडावर्ग, मुश्लिम, अल्पसङ्ख्यक समुदायहरुसँग सम्बन्धित संघ÷संगठन, संस्था र व्यक्तित्वहरु सम्मिलित ४१ सदस्यीय परिसंघ गठन भएको जसपाले जनाएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवको उपस्थितीमा केन्द्रीय सदस्य चन्देश्वर पासवानको नेतृत्वमा जसपा नेपालले परिसंघ घोषणा गरेको हो। केन्द्रीय सल्लाहकारमा पीके ठाकुरलाई चयन गरिएको छ। परिसंघको अर्को बैठकले महासचिवको टुङ्गो लगाउने बताइएको छ।

नवगठित परिसंघको केन्द्रीय सहसंयोजकमा आदिवासी जनजातिबाट पञ्चराम तामाङ, पिछडावर्गबाट भरतप्रसाद महतो, मुश्लिमबाट युसुफ अली, थारुबाट रामआश्रय चौधरी र दलितबाट सुनिता मरिक सर्वसम्मतले चयन भएका छन्।

केन्द्रीय सचिवमा आदिवासी जनजातिबाट सोनाम याक्खा, पिछडावर्गबाट मनाई महतो, मुश्लिमबाट शशिकपुर मियाँ, थारुबाट मानन चौधरी र दलितबाट प्रदिप घताल चयन भएका छन्।

बैठकले आगामी वैशाख ३१ गते वीरगञ्जको टाउन हलमा परिसंघको प्रथम बृहत् खबरदारी सभा गर्ने निर्णय गरेको छ। परिसंघको नेतृत्व चयनसँगै प्रमुख उद्देश्यसहितको ३२ बुँदे अवधारणा पत्र समेत जारी गरिएको छ।

‘दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारू, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडनलाई अन्त्य गर्न, उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ’, अवधारणा पत्रमा भनिएको छ,– ‘मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्यायको प्राप्तिका लागि संघर्ष गर्न यी समुदायहरूसँग सम्बन्धित संगठन/संघ, संस्था र व्यक्तिहरू सम्मिलित रहने गरी दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक समुदायहरुको परिसंघ गठन गरिएको छ।’

‘दलित, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, महिला, पिछडावर्ग, अल्पसंख्यकलगायत असमानता, शोषण, उपेक्षा र बहिष्करण तथा विभेदमा पारिएका/परेका विपन्न वर्गलगायतका समुदायहरूको सांस्कृतिक÷जातीय पहिचानको मान्यता, समानुपातिक समावेशीकरणका साथै स्वतन्त्रता, समानता र सामाजिक न्यायको प्रत्याभूति गराउने’– अवधारणा पत्रमा भनिएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]