बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिरहाको औरहीमा महायज्ञ गर्न दलितको घर भत्काएर उठीबास

घरले ओगटेको जमिनमा २ फिटसम्म खनेर माटो फालियो

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ७, २०८१ ४ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहाको औरहीमा महायज्ञ गर्न दलितको घर भत्काएर उठीबास
Rampam
3D Education Lahan

सिरहा । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–५ स्थित सडक किनारमा दिपक मरिक (डोम) बस्ने नयाँ छाप्रो ठडिएको छ । त्यही छाप्रो पनि दुई वटा कोठामा विभाजन गरिएको छ । कोठाका दुवै दैलोमा भगवान् महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टाँसिएका छन् ।

भगवानप्रति आस्था राख्ने यही परिवारलाई भगवानकै नाममा गर्न थालिएको महायज्ञका खातिर विस्थापित गरिएको हो । मरिकका परिवारले आस्थाका साथ मानिरहेका यिनै भगवानका नाममा यही चैत १७ देखि विष्णु महायज्ञ आयोजना हुँदैछ ।

मरिकको परिवार त्यही महायज्ञस्थल नजिकै एउटा कुनामा पछिल्लो २५ वर्षदेखि सानो छाप्रोमा बस्दै आएको थियो ।महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसीभी लगाएर गत फागुन १० गते मरिक परिवारको घर भत्काउन लगाए ।

71ee3715-2288-44d8-be42-afc3d23c9b1a

आयोजकले मरिकको घरमात्र भत्काएन, अछुतले छोएको ठाउँ भनेर घरले चर्चेको स्थानमा दुई फिट खनेर माटो फालिएको छ ।थातथलो भत्काएर मरिक परिवारलाई हाल श्री सुन्दर जनता माध्यमिक विद्यालय, औरहीको करिब २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ । त्यही घरमा मरिक दम्पतीसहित उनका दुई छोरा, दुई छोरी, एक बुहारी बस्दै आएको छ ।

विगत २५ वर्षदेखि मरिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइदिएको थियो । घर भत्काएर नयाँ ठाउँमा सारिदिएपछि मरिक परिवार बिचल्लीमा परेको छ ।

8ec6edf5-c4d8-42f2-b497-cb3bd1e4264a

छाप्रो निर्माण भए पनि उनीहरूसँग पानीको स्रोत छैन । बत्ती छैन । मरिककी पत्नी अनिताले भनिन् घर पनि हाम्रै काठपात र थोत्रो जस्ता हालेर ठड्याइदिएका छन् ।

वर्षौँदेखि बस्दै आएको ठाउँबाट आफूलाई सारिदिए पनि कुनै सुविधा नरहेको उनको गुनासो छ ।बिजुली छैन, पानी छैन गाउँबाट पानी मागेर एक महिनादेखि गुजारा गरिरहेको छु उनले भनिन् ।

पुरानो बासस्थानबाट तिमीहरू हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादवले दबाब दिएको अनिता बताउँछिन् ।

उनले भनिन्,हामी सपरिवार दुःखसुख त्यहाँ बस्दै आएका थियौँ । यज्ञ लगाउने भनेर हामीलाई त्यहाँबाट हट्नु पर्छ भनेका थिए । तर, हामी श्रीमान्–श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काइदिए । हामी निरीहले के प्रतिकार गर्न सक्नु ?

१० दिन अघि छोराको विवाह गरेर बुहारी भित्र्याएको बताउँदै उनले घर भत्काउने बेलामा छोरा–बुहारी र छोरी मिलेर सकेजति सामान निकालेको तर झिक्न नभ्याएको सामान त्यहीँ पुरिएको गुनासो गरिन् ।

आमासँग कुराकानी गरेको सुनिरहेका अनिताकै कान्छो छोरा आकाशले ‘अब त्यो बाबाजीलाई समात्नुहुन्छ हो ? भनेर प्रश्न गरेका थिए । लगत्तै उनले भने,हाम्रो घर भत्काउन लगाएको उसैले हो, त्यसलाई समातेर लैजानु ।

पालिका अध्यक्ष शिवजी यादवले मरिक परिवारको घर भत्काइदिएको स्वीकार गरे । उनले भने,त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेन्डर लागेको छ । त्यहाँ कम्पाउन्ड वाल लगाउनु छ । त्यसकारण भत्काएको हो ।

कृषि बजार बनाउने भनेको स्थानको उत्तरी भागमा ऐलानी जमिनमै बसेका गैरदलितहरूको घर भने जस्ताको तस्तै छन् । उनीहरूलाई भने हटाइएको छैन ।

मरिक परिवार बस्दै आएको घर भत्काए पनि अर्को स्थानमा पुनर्स्थापना गरिदिएको भन्दै पालिका अध्यक्ष यादवले सो स्थानमा यज्ञ आयोजना गर्न लागिएको प्रस्ट पारे । क्याम्पस बनाउन यज्ञ आयोजना गर्न लागिएको उनको भनाइ थियो ।

‘सामाजिक भलाइकै लागि यज्ञ बनाउन लागिएको हो, अछुत भनेर घर भत्काएको होइन उनले भने । यस घटनालाई मिडियामा नचर्काउन पनि उनले आग्रह गरे ।

पूर्व वडाध्यक्ष दिलीप यादवले पनि मरिक परिवार बस्दै आएको घर भत्काएको स्वीकार गरे । उनीहरू बस्दै आएको घर भत्काएको भए पनि हामीले नयाँ घर बनाइदिएका छौँ, उनले भने, ‘यसमा हाम्रो के गल्ती भयो त ?’पूर्व वडाध्यक्ष यादव हाल जनमत पार्टीका औरही पालिका अध्यक्षसमेत हुन् ।

औरही पालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कवुली पासवानका अनुसार त्यहाँ ५ घर दास तत्माहरूको घर छ । अरू कसैको घर भत्काइएन तर एक घर मरिक (डोम) को घर भत्काउनका साथै त्यहाँको माटो समेत खनेर फालियो ।

‘बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध हो,’ पासवानले भने, ‘दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवमाथि कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गर्दछु ।’

पासवानले राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगको समेत ध्यानाकर्षण गराउँदै घटनाको छानबिन गर्न आह्वान गरेका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]