बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिरहा बलात्कार घटना : आरोपितहरू पक्राउ नपरेपछि रिंकुका परिवारजन डरले घरमा सुत्नै सकेको छैन

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन ७, २०८१ ६ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहा बलात्कार घटना : आरोपितहरू पक्राउ नपरेपछि रिंकुका परिवारजन डरले घरमा सुत्नै सकेको छैन
Rampam
3D Education Lahan

सिरहा - सिरहाको नवराजपुर गाउँपालिका-१, भगवतीपुरकी १७ वर्षीया रिंकु सदा  गत माघ २७ गते साँझतिर शौच गर्न निस्किइन्। मुसहर बस्तीको फुसको घरमा शौचालय थिएन।साँझ ७ बजे अँध्यारो भइसकेको थियो। उनी घर छेउकै बारीतिर गइन्। तर तीन-चार घण्टासम्म फर्किनन्।

रिंकुका बुबा बिजुल सदा भारतको पन्जाबमा थिए। दाइ वीरेन्द्र पनि काम गर्न भैरहवा गएका थिए। घरमा आमा सीता र भाइ धिरेन (भुला) मात्र थिए।धेरै बेरसम्म छोरी नफर्किएपछि सीता रिंकुलाई खोज्न निस्किइन्। केही समय बारीतिर खोजे पनि भेटिनन्।

सोही राति करीब ३ बजे रिंकु घर आइन्। उनका कपडा च्यातिएका र धूलोमैलो लागेका थिए। अर्धचेत जस्तै थिइन्। पेट र शरीर दुख्यो भनेर छटपटाउँदै थिइन्।सीताले आत्तिएर के भयो भनेर सोधिन्। रिंकुले आफूलाई सामूहिक बलात्कार भएको सुनाइन्।

छिमेकी गाउँका रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले मुख थुनेर केही पर खेसारीबारीमा लगेको बताइन्। त्यसपछि तीनै जनाले पटक पटक बलात्कार गरेको र घर छेउमा छोडेको सुनाइन्।पीडा र त्रासका कारण उनीहरू रातभर सुत्न सकेनन्। उज्यालो हुने बित्तिकै सीताले आफन्तलाई रिंकुमाथि भएको अत्याचार सुनाइन्।

रिंकुका जेठा बुबा र केही आफन्त मिलेर माघ २९ मा पञ्चायत डाके। मधेशमा केही समस्या भयो भने अहिले पनि पञ्चायत डाक्ने चलन छ।स्थानीय सुरेन्द्र दासको घरमा वडा सदस्य नठुनी साह, रामपुकार मण्डल, रामकृपाल मण्डल सहित चार जना पञ्च र करीब ३० जना गाउँले भेला भए। त्यसमा बलात्कारको आरोप लागेका तीन जनामध्ये एक रूपेश पनि उपस्थित थिए।

पञ्चायतमा घटनाबारे रिंकुलाई सोधियो। उनले अघिल्लो रात भएको घटना सुनाइन्। बलात्कार गर्ने तीनै जनाको नाम किटेर जानकारी गराइन्। तर पञ्चायतले रूपेश मण्डललाई मात्र दोषी ठहर्‍यायो।पञ्चायतले रूपेशबाट एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय पनि गर्‍यो। रूपेशका बुबा देबो मण्डलले त्यो रकम पनि घटाउन लगाए। रिंकुका ठूलो बुबा रामसेवकले १० हजार रुपैयाँ घटाए।

पञ्चहरू गइसकेपछि रूपेशका बुबाले सबैको अगाडि छोरा रोएकाले मात्र जरिवाना सकारेको बताए। उनले जरिवानाको रकम पनि नदिने धम्की दिएको रिंकुकी भाउजू सुनाउँछिन्।जरिवानाको रकम आएकै थिएन, पञ्चले फेरि भागबन्डा शुरू गरे। पञ्चमध्येका एक रामपुकार मण्डलले रिंकुको घरमै गएर आफूलाई ४० हजार रुपैयाँ दिनुपर्ने माग गरे। त्यस्तै, अन्य तीन जना पञ्चलाई ५० हजार रुपैयाँ दिनुपर्ने बताए। बाँकी ५० हजार रुपैयाँले रिंकुको बिहे गरिदिनुपर्ने सुनाए। आफू र पञ्चलाई रकम नदिए जे पनि हुन सक्ने भनेर मण्डलले धम्क्याएको परिवारजन बताउँछन्।

भोलिपल्ट माघ ३० मा फेरि पञ्चायत बस्यो। आफ्नो छोरालाई मात्रै जरिवाना तोकिएको भन्दै रूपेशका बुबाले असन्तुष्टि पोख्दै जरिवाना तिर्न अस्वीकार गरे।त्यसपछि बलात्कारको आरोप लागेका युवकहरूका परिवारबीच नै झगडा शुरू भयो। उनीहरूबीच कुटाकुट पनि भएको स्थानीय बासिन्दा बताउँछन्। विवाद बढेर कुनै टुंगो नलागेपछि पञ्चायत तितरबितर भयो।

यसअघि नै पञ्चायतले जरिवाना गराउने निर्णय गरिसकेकाले रिंकुको परिवार प्रहरीमा पनि जान पाएन। पञ्चायतको निर्णय विरुद्ध जान पाइँदैन। “सबैले दबाब दिएपछि रिंकु पनि पीडा सहेरै बसेकी थिइन्,” एक स्थानीय भन्छन्।

बिहेको छेकामा मृत्यु

यही फागुनमा रिंकुको बिहे गर्ने तयारी थियो। सप्तरीको कठौनाका एक युवकसँग बिहे गर्ने तय पनि भइसकेको थियो। माघमै छेका (टीकाटालो) समेत भइसकेको थियो।

बिहेको साइत हेर्न माघ ३० गते केटा पक्ष रिंकुको घरमा आउने निश्चित भएको थियो। घरपरिवारले सम्झाइबुझाइ गरेकाले रिंकु पनि बिहेका लागि तयारै थिइन्। उनले बिहानै घरको सरसफाइ गरेको आफन्तजन बताउँछन्।

साथीसँगीले पनि सम्झाइबुझाइ गरेका थिए। त्यो घटना बिर्सेर नयाँ जीवनको शुरूआत गर्न ढाडस दिइरहेका थिए। “त्यो घटनाले विचलित भए पनि बिहेको कुरा र साथीहरूको सान्त्वनाले गर्दा रिंकु ठीकै अवस्थामा थिइन्,” रिंकुकी एक साथी भन्छिन्।

साँझ करीब ५ बजेतिर छोरीलाई घरमा छाडेर सीता नजीकैको हाटबजार गइन्। उनी सरसामान किनेर साँझ ७ बजेतिर घर फर्किइन्। छोरी घर वरिपरि थिइनन्, ढोकामा बाहिरबाट चुकुल लागेको थियो।

ढोका खोलेर हेर्दा छोरी झुन्डिएको देखिन्। रुन कराउन थालिन्। सबै आफन्त तत्कालै भेला भइहाले। “शरीर घिसारिएको जस्तो देखिन्थो,” स्थानीय संगीता सदा भन्छिन्, “कसैले घिसारेर, मारेर झुन्ड्याइदिएको जस्तो देखिन्थ्यो।”


जाहेरी लिन आनाकानी

रिंकु मृत भेटिएपछि सीता र गाउँका अगुवा इलाका प्रहरी कार्यालय, लहान पुगे। उनीहरू पुग्नुभन्दा अघि नै बलात्कारको आरोप लागेका युवाका आफन्तजन पुगिसकेका थिए। त्यो देखेपछि रिंकुका आफन्तजन झन् सशंकित भए।उनीहरूले बलात्कार घटनामा संलग्न रूपेश मण्डल, चन्दन साह, रामविनय मण्डल र पैसा मागेर धम्की दिने पञ्चमध्येका एक रामपुकार मण्डल विरुद्ध उजुरी दिए। उनीहरूले जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी दिएका थिए। तर प्रहरीले दर्ता गर्न मानेन।

प्रहरीले जाहेरी फेर्न लगायो, रिंकुका आफन्तजनले मानेनन्। जति गर्दा पनि प्रहरीले लिन नमानेपछि रूपेश मण्डल र धम्की दिने रामपुकार मण्डल विरुद्ध जाहेरी दिन खोजे। त्यो जाहेरी पनि प्रहरीले दर्ता गरेन। रूपेश मण्डलको नाम मात्र राखेर आत्महत्या दुरुत्साहनको जाहेरी मात्रै दर्ता गर्न खोजेको मुसहर समुदायका अभियन्ता चन्देश्वर सदा बताउँछन्। प्रहरीले युवती र रूपेशबीच प्रेमसम्बन्ध रहेको र रूपेशको परिवारले विवाहका लागि अस्वीकार गरेकाले आत्महत्या गरेको भन्ने उजुरी लेख्न लगाएको सदा सुनाउँछन्।

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवान भने युवतीका काका रामसेवक सदाले दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको बताउँछन्। “यो उजुरी दिनुस्, त्यो दिनुस्, भन्दैनौं। पीडितका काका रामसेवक सदाले उजुरी दिनुभएको छ, त्यसकै आधारमा अनुसन्धान गरिरहेका छौं,” डीएसपी पासवान भन्छन्।

पीडित परिवारजनले इलाका प्रहरी कार्यालयले जाहेरी नलिएको भनी गुनासो गरेका छन्। जाहेरी नलिएको सम्बन्धमा पनि अनुसन्धान गरिने उनको भनाइ छ। “प्रहरीले जाहेरी नलिएको भन्ने कुरा पनि आइरहेको छ, त्यसमा पनि अनुसन्धान गर्नेछौं,” डीएसपी पासवान भन्छन्।

रिंकुको आत्महत्या हो कि हत्या भन्ने विषय खुलेको छैन। यो अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप खुल्ने डीएसपी पासवानको भनाइ छ।यस घटनाको अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले छुट्टै टोली खटाएको छ। प्रदेश कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ।

बलात्कार घटनामा संलग्न तीनै जना फरार छन्। त्यस्तै, पञ्चायतमा सहभागी पनि फरार रहेको प्रहरीले जनाएको छ।

दलित समुदायका अगुवाले भने घटनालाई दबाउने चलखेल भइरहेको आरोप लगाएका छन्। आत्महत्या भनिए पनि जबर्जस्ती करणीपछि हत्या गरिएको मुसहर समुदायका अगुवा चन्देश्वर सदाको भनाइ छ। “घटना स्पष्ट छ, जबर्जस्ती करणी गरेपछि पञ्चायतबाट मिलाउन खोजियो, पञ्चायतबाट कुरा नमिलेपछि सबैको नाम बाहिर आएर बेइज्‍जत हुने भयो भनेर घरमै मारेर झुन्ड्याइयो,” सदा भन्छन्, “यतिका दिन बितिसक्दा पनि आरोपितहरूलाई पक्राउ गरिएको छैन।”

पञ्चायत बसेर घटना मिलाउन खोज्नेहरूलाई पनि पक्राउ गर्नुपर्ने उनीहरूले माग गरेका छन्। सबै छर्लंग हुँदाहुँदै पनि अनुसन्धानको नाममा टार्न खोजिएको सदाको आरोप छ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आयार्य घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको बताउँछन्। “परिवारका सदस्यहरू पनि त्यति खुलेर बोल्न सकेका छैनन्। हामी प्रयास गरिरहेका छौं,” डीआईजी आचार्य भन्छन्, “पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप स्पष्ट हुनेछ।”

पोस्टमार्टमका लागि उनको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो। डीआईजी आचार्यका अनुसार आज साँझ पोस्टमार्टम रिपोर्ट आउनेछ। रिंकुको अन्तिम संस्कार भइसकेको छ।


परिवार विस्थापित

रिंकुको मृत्युपछि उनको परिवार विस्थापन भएको छ। सीता अझै होशमा आएकी छैनन्। उनी रिंकुकै नाम लिएर रुँदारुँदै बेहोश हुने गरेकी छन्।उनको स्वास्थ्य अवस्था पनि कमजोर छ। घरीघरी बेहोश हुन थालेपछि उपचारका लागि फागुन ५ मा लहान अस्पतालमा भर्ना गरिएको थियो। अहिले उपचार चलिरहेको रिंकुका दाइ वीरेन्द्र बताउँछन्। सीता लहानस्थित माइतीघरमा बसिरहेकी छन्।

छोरीको मृत्युको खबर सुनेपछि बुबा बिजुल पनि घर फर्किएका छन्। त्यस्तै, जेठो दाइ वीरेन्द्र पनि घर फर्किएका छन्। उनीहरू पनि दिनमा घरमै बसे पनि राति छिमेकीको घरमा जाने गरेका छन्। “हामीलाई पहिलेदेखि धम्की आएकाले घरमा सुत्न डर लागेर छिमेकी काकाको घरमा सुत्न जान्छौं,” वीरेन्द्र भन्छन्।

घटना भएको दिनदेखि नै परिवारजन घरमा बसेका छैनन्।


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]