रामएकवाल राम/बालासुन्दरी खबर
दोहा, कतार :- जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष तथा पुर्व उपप्रधान एव स्वास्थ्य मन्त्री माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा कतारमा होली पर्व मनाउने भएको छ।
मधेश प्रदेश समन्वय परिषद कतारको चौथो स्थापना दिवस पारेर रङ्गहरुको पर्व फागु पुर्णिामा होली पनि सङ्गै मनाउने संस्थाका अध्यक्ष नियाज शेखले बताए। कार्यक्रम अगामी फेब्रुअरी २१ तारीख शुक्रबारका दिन कतारको होम सलाल अलीमा हुने भएको छ।
नेपालीको विशेष चाडहरु फागु पुर्णिामा , ईस्लाम धर्मावलम्बीहरुको आउदै गरेको पवित्र महिना रमजानको अवसरमा दोहामा स्थापित मधेश प्रदेश अन्तर्गत विभिन्न ३२ वटा भन्दा बढी संघ संस्थाहरुको समन्वयमा होली तथा वनभोज कार्यक्रम गर्न लागकेको कार्यक्रम संयोजक शिव कुमार महतोले जानकारी दिए।
कार्यक्रममा सहभागी हुन ग्राण्ड मल्ल र अल अतियाबाट नि: शुल्क रुपमा बसको पनि व्यवस्था गरेको यातायात संयोजक मोहम्मद मेराजुदिनले बताए। संस्थाका महासचिव तेजिलाल मण्डलका अनुसार उक्त फागु उत्सव बारे सम्बन्धित सबैमा निमन्त्रणा गरिरहेको बताए कुनै कारणबस सूचना र जानकारी पुग्न नसकेको खण्डमा यही समाचारलाई आधार मानेर कतारमा हुन गइरहेको होली उत्सव” मा उपस्थित हुन समेत सम्पूर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गरेको छ ।

















