बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सरस्वती पुजामा दलित विद्यार्थी सङ्ग भेदभाव

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २८, २०८१ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
 सरस्वती पुजामा दलित विद्यार्थी सङ्ग  भेदभाव
Rampam
3D Education Lahan

सिराहा - नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १८ वर्ष बितिसक्दा पनि जातीय भेदभावका घटना रोकिएका छैनन्। कानुनले जातीय भेदभावलाई दण्डनीय ठहर गरे पनि व्यवहारमा अझै पुरानै सोच कायम छ भन्ने उदाहरण सिरहाको लहान नगरपालिका-१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा देखिएको छ। सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत दलित समुदायका विद्यार्थी कृष्ण कुमार रामलाई सरस्वती पूजा समारोहमा बस्न नदिइएको छ।

विद्यालयमा हरेक वर्ष कक्षा ९ को प्रथम विद्यार्थीलाई सरस्वती पूजामा अगाडि बसाउने चलन रहँदै आएको थियो। तर यस वर्ष प्रथम स्थान प्राप्त गरेका कृष्ण रामलाई यो अवसरबाट बञ्चित गरिएको छ। विद्यालयको कामले उनी पूजा सुरु हुनु केही अघि मात्र पुगेका थिए। विद्यालय पुगेर उनले पूजा समितिका संयोजक तथा शिक्षक योगेन्द्र यादवलाई सोध्दा ‘पण्डितले मान्दैनन्, तिमी अब बस्न पाउँदैनौ’ भन्ने जवाफ पाएका थिए। त्यतिबेला विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादव पनि उपस्थित थिए, तर उनले कुनै प्रतिक्रिया दिएनन्।

विद्यालय प्रशासनले ढिलो आएका कारण रामलाई बस्न नदिएको बताएको छ। पूजा संयोजक यादवका अनुसार ‘पण्डितलाई हतार भएकाले’ सोही कक्षाका रोल नम्बर ४ भएका विद्यार्थीलाई बसाइएको थियो। तर पीडित विद्यार्थीका अनुसार पहिले नै उनीभन्दा फरक विद्यार्थीका लागि साडी सेट खरिद गरिएको प्रमाण भेटिएको छ। यसबाट उनलाई पूजामा बस्नबाट रोक्ने योजना पहिले नै बनाइएको आशंका गरिएको छ।

विद्यालय व्यवस्थापन समिति सदस्य सरीता रामका अनुसार, विद्यार्थी राम ३-४ मिनेट मात्र ढिलो आएका थिए। पूजामा बस्न नपाए पनि संध्याकालीन आरती र भोलिपल्टको मूर्ति बिसर्जन विद्यार्थी रामकै हातबाट गरिनुपर्ने माग गरिएको थियो। पूजा संयोजक र उपस्थित शिक्षकहरूले पनि यसमा सहमति जनाएका थिए। तर साँझ ५ बजे हुने आरती र मूर्ति बिसर्जनको जिम्मेवारी पनि अन्ततः उनलाई दिइएन।

नेपालको संविधानले जातीय भेदभावलाई कानुनी अपराध मानेको छ। छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले कुनै पनि सार्वजनिक स्थल, धार्मिक वा शैक्षिक संस्थामा जातका आधारमा भेदभाव गर्न नपाइने स्पष्ट रूपमा उल्लेख गरेको छ। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा समेत यस्तो घटना दोहोरिनु गम्भीर विषय हो।

कृष्ण कुमार राममाथि भएको विभेदले नेपालमा कानुनले निषेध गरे पनि जातीय भेदभाव पूर्ण रूपमा अन्त्य हुन नसकेको देखाएको छ। शिक्षालयजस्तो निष्पक्ष हुनुपर्ने स्थानमा नै यस्तो घटना हुनु दुःखद कुरा हो। यस विषयमा छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ।

त्यही विद्यालयमा दिवा खाजा सम्बन्धि रिपोर्टिङ गर्न गत माघ २३ गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक तथा पत्रकार शितल शाह माथी  त्यही विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादवले दुर्ववहार समेत गरेको थियो।

विद्यालयमा विद्यार्थीहरुलाई चार दिनको पुरानो बासी बुनिया खुवाएको गुनासो आएपछि सो विषयमा रिपोर्टिङ गर्न गएका पत्रकार शाहलाई प्रधानाध्यापक यादवले दुर्ववहार गरेका हुन।

पत्रकार माथी यस्तो दुर्ववहार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ढाडो उल्लंघन गरेको यस्ता कार्य प्रति महासंघले घोर भत्सर्ना गरेको छ।साथै पत्रकार महासंघ सिराहाले दोषीलाई तत्काल आवश्यक कारबाही गर्न सम्बन्धि निकास सङ्ग आग्रह गरेको छ

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]