काठमाडौं । विश्वको सबैभन्दा ठूलो हिन्दु धार्मिक मेला तथा स्नान महाकुम्भमा भागदौड हुँदा कयौँको ज्यान गएको आशङ्का गरिएको छ ।अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार बुधवार भागदौड भएको हो प्रयागराज सहरको आगन्तुक छेक्ने बार भत्केपछि भागदौड भएको थियो ।
भारत सरकारले मृतकको सङ्ख्या सार्वजनिक गरेको छैन । तर स्थानीयले नदी किनारमा धेरै लास देखेको उल्लेख गरेका छन् ।




















