काठमाडौं ।इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविरामको सहमति भएको छ । दुई पक्षबीचको मध्यस्थकर्ताहरू कतार र अमेरिकाका अनुसार हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्तसहित युद्धविरामको सहमति भएको हो ।
सन २०२३ अक्टोबर ७ को हमास हमला र इजरायलको प्रतिहमलापछि पहिलो पटक युद्धबिराम भएको हो ।कतार, इजिप्ट, टर्की र अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पका प्रतिनिधि बसेर युद्धबिरामलाई अन्तिम रूप दिएका हुन ।
कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीका अनुसार आइतबारदेखि युद्धविराम लागू हुनेछ । युद्धविरामको सहमतिलाई इजरायली क्याबिनेटनले स्वीकृत गरेपछि मात्र लागू हुने बीबीसीले जनाएको छ ।
यो सँगै हमासले बन्धक बनाएका विपिन जोशी छुट्ने बाटो खुलेको छ ।




















