खुर्सद हजाम
नवलपरासी - पश्चिम नवलपरासीका रामनगर र गुठी प्रसौनि नाकाहरू व्यापकरुपले लहसुनको तस्करी हुदै गरेको छ ।अहिले तस्करहरूको लागि स्वर्णभूमि बनेका छन् ।
दिनहुँ कुनै न कुनै नाकाहरूबाट तस्करी भैरहेको छ ।गुठी प्रसौनि, बसहिया, हरपुरा, सुस्ताको रामनगर ,बनकटी हुदै भुजहवालगायतका सम्पूर्ण नाकाहरुबाट अहिले व्यापक तस्करी बढेको छ । लहसुन तस्करीदेखि तोरि तथा कपडाको तस्करी भइरहेको छ । प्रहरी चौकीका इन्चार्ज तथा सशस्त्र प्रहरीहरुको मिलोमतोमा अहिले विहान, दिउँसो, बेलुका तथा रातिको समयमा पनि तस्करी हुने गरेको छ ।
सशस्त्र बिओपी कार्यालयमा खटिएका सशस्त्र प्रहरी र ईलाका प्रहरीको मिलोमतोमा रातिको समयमा विभिन्न कुख्यात तस्करहरुको लहसुन र तोरी खुलेयाम वारि र पारी गरिरहेका छन ।उक्त क्षेत्रबाट तस्करी हुने गरेको छ भने गठी प्रसौनि तथा रामनगर नाकाबाट दिन दहाडै र रातीको समयमा भारती मोटरसाइकलमा खुलेआम लहसुन तस्करी हुने गरेको छ ।तस्करीमा नेपाल प्रहरीको स्थानीय थाना चौकीका प्रमुख देखि जिल्ला प्रहरी कार्यालयबाट खटिएका घुमुवाहरूको मिलोमतो र सेटिङ रहेको देखिन्छ । बुधबार राति मात्रै गुठी प्रसौनि नाकाबाट एक पिकअप गाडी लहसुन तस्करी भएको छ ।
पिकप बाट दिउँसो लहसुन गुठी प्रसौनि र रामनगरमा गोदाममा राखि रातिको समयमा भारतीय बाईक बाट नेपाल बाट पारि भारतमा र भारत बाट नेपालमा तोरी तस्करी भइरहेको छ । केहि दिनअघिसम्म मात्रै प्रहरी प्रमुखको कडाइले गर्दै तस्करहरुसँग प्रहरी चौकीका इन्चार्जहरुको मिलोमतो नभएकोले केही दिन तस्करी कार्य रोकिएको थियो तर, हाल आएर मिलोमतो भएपछि पुनः तस्करी कार्य शुरु भएको छ ।
प्रहरीले देखाउनका लागि ससाना सामान लिएर आउनेहरुलाई समातेर भन्सार बुझाउने गरेतापनि मिलोमतोमा आउने गरेको सामानलाई कसैले रोकतोक गर्ने गरेको छैन ।




















