Showing 31-40 of 405 items.
  • न्यायको खोजीमा पुगेका सेवाग्राहीको निवेदन नै दुई पटक हराएको आरोप, कञ्चनरुप नगरपालिकाको न्यायिक समितिमाथि गम्भीर प्रश्न

    ओम प्रकाश यादवसप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको न्यायिक समितिमा न्यायको अपेक्षासहित पुगेका एक सेवाग्राहीले आफ्नो निवेदन नै दुई-दुई पटक हराइएको आरोप लगाएपछि स्थानीय तहको न्यायिक संयन्त्रको पारदर्शिता, जवाफदेहिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। कञ्चनरुप नगरपालिका–११ का स्थानीय सत्यनारायण मण्डलले आफ्नो जग्गा अतिक्रमणसम्बन्धी दिएको निवेदन न्यायिक समितिबाटै पटक–पटक गायब भएको दाबी गरेका छन्। उनले प्रभावशाली व्यक्तिको दबाब र पहुँचका कारण आफूले न्याय नपाएको आरोपसमेत लगाएका छन्। मण्डलका अनुसार उनले वि.सं. २०४० सालमा ६० हजार रुपैयाँमा खरि

    पुरै पढ्नुहोस्
  • मनिष झाको पराजयमा लुकेको विजयी: धिरेन्द्र प्रेमार्षी

    धीरेन्द्र प्रेमार्षी काठमाडौ । सन्दर्भ पुरानो भइसक्यो, तर चर्चा सेलाउन मानेको छैन। नेपाली राजनीतिको चौतारीमा यतिबेला सांसद मनीष झाको नाम उत्कर्षमै गुन्जिरहेको छ। रास्वपाको महामन्त्री पदमा उनको पराजय भयो, तर विडम्बना हेर्नुस् — पराजितको चर्चा जित्नेभन्दा बढी भइरहेको छ। प्रतिस्पर्धी मात्र होइन, विजेताको नाम समेत ओझेलमा परेको छ। यो घटनाले जनमानसमा मनीष झाप्रति रहेको असाधारण आशा र विश्वासको झलक दिन्छ। पराजयपछि उनले देखाएको शालीनता र सहज स्वीकार्यताले उनको राजनीतिक परिपक्वतालाई झनै उज्यालो पारेको छ। तर बजार–चौतारीका केही जमघटमा यसैलाई लिएर 'खुच्

    पुरै पढ्नुहोस्
  • नेपाली महिला समाज कतारको नयाँ नेतृत्वमा सुष्मा कटुवाल खतिवडा

    दोहा (कतार) । नेपाली महिला समाज कतारको दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागि सुष्मा खतिवडा कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । अधिवेशनले कटुवालको अध्यक्षतामा २५ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा मेनुका खतिवडा भण्डारी, द्वितीय उपाध्यक्षमा माया खड्का कुँवर, तृतीय उपाध्यक्षमा लिला राई, महासचिवमा शारदा भुजेल, सचिवहरूमा दीपा सिंह र रविना पुलामी मगर, कोषाध्यक्षमा गीता पुन थापा र सह कोषाध्यक्षमा

    पुरै पढ्नुहोस्
  • वाग्मती प्रदेश समन्वय परिषद् कतारद्वारा २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा कार्यक्रम भव्य रूपमा सम्पन्न

    आशिक हुसैन शेख दोहा, कतार । "सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्धि नेपालको परिकल्पना" भन्ने मूल नारासहित बागमती प्रदेश समन्वय परिषद् कतारले २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन को अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम दोहाको सनैयास्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा भव्य, सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको छ। कार्यक्रम परिषद्का अध्यक्ष कविन्द्र कँडेलको सभापतित्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। विशेष अतिथिका रूपमा परिषद्का संस्थापक संरक्ष

    पुरै पढ्नुहोस्
  • सिराहा सेवा समाज कतारद्वारा रक्तदान कार्यक्रम सप्पन्न

    दोहा , कतार। सिराहा सेवा समाज कतार तथा रामजानकी बजार व्यवसायी संघको सहयोगमा रक्तदान कार्यक्रम सप्पन्न भएको छ। शनिबार जिल्लाको सिराहा नगरपालिका -२२ स्थित  हकपारा लौवापोखरीमा संघका अध्यक्ष पवितर यादवको सभापतित्व तथा जिल्ला समन्वय समिति सिराहको सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यता तथा रेडक्रस सोसाइटी शाखा लहानको प्राविधिक सहयोगमा ४६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक शिव कुमार महतोले जानकारी दिए। “रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको रहेको थियो।

    पुरै पढ्नुहोस्
  • जेठाजुको कुटपिटबाट महिला र दुई नाबालक घाइते, अस्पतालबाटै न्यायको माग

    ओम प्रकाश यादव लहान, ५ असार। सिरहाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि उनकै जेठाजुले निर्घात कुटपिट गरेको आरोप लागेको छ। उक्त घटनामा महिला र उनका दुई नाबालक छोरासमेत घाइते भएका छन्। घाइतेहरू विगत पाँच दिनदेखि लहानस्थित एक निजी अस्पतालमा उपचाररत छन्।घटनापछि पीडित बबिता देवी यादवले अस्पतालको शैय्याबाटै पत्रकार सम्मेलन गरी आफू र आफ्ना छोरामाथि भएको कुटपिटबारे सार्वजनिक गरेकी हुन्। शरीरका विभिन्न भागमा चोटपटक र निलडाम देखाउँदै उनले आफूलाई न्याय दिलाउन तथा परिवारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिन्।पीडितका अनुसार उनका श

    पुरै पढ्नुहोस्
  • मधेस युवा संघ कतारद्वारा धनुषामा आर्थिक सहयोग

    रामएकवाल रामदोहा । मधेश युवा संघ कतारले धनुषामा एक अति विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन।शनिवार जिल्लाको ओैरही गाउँपालिका -२  देउरीका स्व:खगेश पासमानकी श्रीमती र उनका बच्चाहरुलाई पालन पोषण र पढाईमा लेखाईमा सहजताको लागि  रु. २४,२००/- आर्थिक सहयोग हस्तान्तरण गरेको हो।स्थानीय समाजसेवी युवा पंकज मण्डलको पहलमा "मधेश युवा संघ" कतारमा आवद्ध समाजसेवी युवाहरूबाट संकलित उक्त रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो।कार्यक्रममा सामाजिक अभियन्ता,शम्भु चोैधरी,सुरेन्द्र महतो,हाम्रा अग्रज बुद्धिजीवी राम चन्द्र सिंह लगायतको स्थानीयहरू उपस्थित

    पुरै पढ्नुहोस्
  • कमला पुल निर्माणमा प्रदेश सरकार अग्रसर हुनुपर्ने माग, मधेसको विकाससँग जोडिएको परियोजनामा चासो बढ्दो

     जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक विस्तार तथा जनजीवनलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने महत्वपूर्ण पूर्वाधार परियोजना अन्तर्गत पर्ने सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल १३ वर्षदेखि अलपत्र अवस्थामा रहेपछि यसको निर्माण कार्यलाई अघि बढाउन प्रदेश सरकार अग्रसर हुनुपर्ने माग उठ्न थालेको छ। लामो समयदेखि अधुरो रहेको पुलका कारण मधेसवासीले विकासको अपेक्षित लाभ लिन नसकेको भन्दै विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।दलित, ओबीसी, थारु, जनजाति तथा अल्पसंख्यक समुदायको हकअधिकारका लागि क्रिया

    पुरै पढ्नुहोस्
  • चुनावी धक्कापछि ब्युँझियो जसपा नेपाल, संगठन बनाउन आफै मैदानमा ओर्लिए उपेन्द्र यादव

    काठमाडौँ, २८ जेठ । प्रतिनिधि सभा निर्वाचनमा ब्यहोरेको अप्रत्याशित पराजयपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आक्रामक सांगठनिक रणनीतिमा होमिएका छन्। चुनावमा व्यहोरेको उल्टो धक्काले शिथिल बनेको पार्टी पंक्तिलाई नयाँ जीवन दिन र छरिएका शक्तिलाई एकत्रित गर्न अध्यक्ष यादव अहिले आफैँ भुइँतहको मोर्चामा उत्रिएका हुन्।केन्द्रको सत्ता राजनीतिको जोडघटाउ छाडेर यादव यतिबेला जिल्ला दौडाहामा निस्किएका छन्। पार्टीको केन्द्रीय समन्वय समितिले तय गरेको देशव्यापी अभियान अन्तर्गत पहिलो चरणमा पश्चिम नेपालका तीन रणनीतिक जिल्लाहरू बर्दिया, बाँके र सुर्

    पुरै पढ्नुहोस्
  • सुर्खेतमा जसपा नेपालको क्षेत्रीय भेला, संगठन सुदृढीकरण र निर्वाचनको समीक्षा

    सुर्खेत, २६ जेठ । जनता समाजवादी पार्टी नेपालको कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। पार्टीको सांगठनिक अवस्था, गत निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्यदिशा तय गर्न भेला आयोजना गरिएको थियो। जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै कर्णालीको आर्थिक-सामाजिक रूपान्तरण र पहिचानको मुद्दा पार्टीको मुख्य प्राथमिकतामा रहेको बताए। वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई जगैदेखि बलियो बनाउन आवश्यक रहेको औंल्याउँदै उनले उत्पीडित वर्ग र पिछडिएको क्षेत्रको अधिकार सुनिश्च

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित