बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि सुरू हुदैँ, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ १५, २०८३ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि सुरू हुदैँ, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा
Rampam
3D Education Lahan

रामएकवाल राम
काठमाडौं १५, भाद्र । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ। केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरू हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ।
बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित संगठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ। जसपा नेपालका केन्द्रीय महासचिव डा. सुरेन्द्र कुमार झाले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर्णयका लागि प्रस्ताव पेश हुने बताएका छन् ।
बैठकका लागि प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी संरचनाको समायोजन तथा भ्रातृ संगठनको समायोजनसम्बन्धी प्रस्ताव पनि एजेण्डामा राखिएको छ।
त्यस्तै, विभिन्न राजनीतिक दल तथा शक्तिहरूबीचको सहकार्यका लागि अघि बढाइएको अग्रगामी मोर्चा सम्बन्धमा पनि कार्यकारिणी समितिमा छलफल हुनेछ। पार्टीको संसदीय बोर्ड गठन तथा कार्यकारिणी सदस्यहरूको कार्यविभाजनसम्बन्धी प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिने महासचिव डा. झाले बताए ।
यसैगरी, हालैका बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत संकलन गर्ने विषयमा पनि बैठकमा छलफल हुने एजेण्डा तय गरिएको छ।
जसपा नेपालले बैठकमार्फत पार्टीको राजनीतिक तथा संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने र आगामी राजनीतिक गतिविधिका लागि आवश्यक निर्णय लिने तयारी गरेको छ। बैठकमा प्रस्तुत हुने प्रस्तावमाथि छलफलपछि आवश्यक निर्णय गरिने पार्टीले जनाएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]