काठमाडौ ।भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरू अत्यन्त प्रभावित भएपछि नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाउँदै कतार सरकारले ५० टन राहत सामग्री उपलब्ध गराएको छ।

राहत सामग्री बोकेको कतारी जहाज सोमबार दिउँसो २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। लगत्तै, राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सामग्री ग्रहण गर्दै कतार सरकारलाई धन्यवाद दिए।