रामएकवाल राम
सिराहा । जेनजी सहिद दिवसकाे अवसरमा भगवानपुरमा दीप प्रज्वलन कार्यक्रम गरेर जेनजी आन्दोलनका शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकाे छ।
मंगलबार साँझ सिराहाको भगवानपुर गाउँपालिका -१ स्थित भगवानपुर चौकमा रास्वपा भगवानपुरका कार्यकर्ता र जेन्जीहरुले मौनधारणसहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेकाे हाे।
उक्त कार्यक्रममा सहभागीहरूले जेनजी आन्दोलनमा बिलदानी दिएका र घाइते भएकाहरुकाे संघर्ष, बलिदान र योगदानको स्मरण गर्दै उनीहरूको सपना र आकांक्षालाई पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।
सहभागीहरुले भ्रष्टाचार र कमिसनखोरीविरुद्ध तथा समाजिक न्याय र सुशासनको पक्षमा आवाज उठाउने हरेक व्याक्ति जेनजी हुने भन्दै युवा मिलेर देशमा विकास सुशासन र परिवर्तन पक्षमा लाग्नुपर्नेमा जाेड दिए।





















