बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नेपाल लाइफको लिडरसीप एक्सिलेन्स अवार्डस् २०२६ सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ १०, २०८३ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नेपाल लाइफको लिडरसीप एक्सिलेन्स अवार्डस् २०२६ सम्पन्न
Rampam
3D Education Lahan

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको”Leadership Excellence Awards 2026″ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
 Everest Year – Clouds and Beyond” मूल नाराका साथ भदौ ३ देखि काठमाडौंको दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजित यस कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका कुल ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।
कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल प्रसाद ढकाल, सञ्चालक प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
कम्पनीका सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा उद्योगमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताउँदै, आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले रु.१३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरी ऐतिहासिक कीर्तिमान कायम गरेको जानकारी दिए। उनले यसलाई अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी तथा ग्राहकहरूको विश्वास र परिश्रमको प्रतिफल भनी उल्लेख गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि”Everest Year – Clouds and Beyond” अभियान रहेको जनाउँदै कम्पनीको भावी यात्राको मार्गचित्र प्रस्तुत गरे ।
त्यस्तै, सञ्चालक ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा AML/CFT प्रावधानहरूको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा थप जिम्मेवार बन्न अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई आग्रह गरे । कम्पनीको दीर्घकालीन सफलताको आधार विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकता रहेको औँल्याए ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्षका रूपमा उल्लेख गरे । उनले आगामी दिनमा डिजिटल रूपान्तरण लाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, अत्याधुनिक प्रविधिको अधिकतम उपयोग, ग्राहकमैत्री डिजिटल सेवा,आधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रिया स्वचालन मार्फत ग्राहक अनुभव थप उत्कृष्ट बनाउने योजना सार्वजनिक गरे प्रविधिसँगै दक्ष जनशक्ति र नवप्रवर्तनलाई अघि बढाउँदै नेपाल लाइफलाई सशक्त, आधुनिक र ग्राहककेन्द्रित संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता उनले दोहोर्‍याए । ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, उत्कृष्ट व्यावसायिक उपलब्धिका आधारमा नेपालभर सर्वोत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई विशेष सम्मान तथा नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।
यसै कार्यक्रममा नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी सत्र, रणनीतिक प्रस्तुति, सम्मान समारोह तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरेका थिए । सहभागीहरूले अनुभव आदानप्रदान गर्दै आगामी व्यावसायिक लक्ष्य हासिल गर्ने थप उत्साह र प्रतिबद्धता व्यक्त गरे।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवशाली यात्रा पूरा गर्दै विश्वास, वित्तीय सुदृढता, उत्कृष्ट सेवा र संस्थागत नेतृत्वका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यस अवधिमा कम्पनीको जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुगेको छ भने मृत्यु दाबी भुक्तानी दर ९९.१३ प्रतिशत कायम रहेको छ।
कम्पनीले हालसम्म ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरिसकेको छ र कुल बीमा शुल्क संकलन ३६२ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीले नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर तिरेर राष्ट्रिय अर्थतन्त्र तथा राजस्वमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ। यी तथ्यांकहरूले नेपाल लाइफप्रति लाखौं नेपालीले व्यक्त गरेको विश्वास, कम्पनीको वित्तीय सबलता तथा नेपाली जीवन बीमा क्षेत्रमा कायम रहेको नेतृत्वलाई थप पुष्टि गरेका छन्।
“Everest Year – Clouds and Beyond” अभियानमार्फत नेपाल लाइफले विगत २५ वर्षका उपलब्धिलाई केवल गौरवका रूपमा मात्र नभई आगामी यात्राका लागि थप उचाइ हासिल गर्ने आधारका रूपमा आत्मसात गरेको छ। ग्राहकको विश्वास, प्रविधि र नवप्रवर्तन, उत्कृष्ट सेवा तथा व्यावसायिक सुशासनलाई केन्द्रमा राख्दै कम्पनीले आगामी दिनमा अझ ठूला उपलब्धि, नयाँ कीर्तिमान र उत्कृष्टताको निरन्तर यात्राप्रति आफ्नो दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको छ।




Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]